विद्यमान राजनीतिक अस्थिरता अन्त्य गर्न कम्युनिष्ट आन्दोलनलाई एकीकृत बनाउनुपर्छ: माधवकुमार नेपाल « Khabarhub

विद्यमान राजनीतिक अस्थिरता अन्त्य गर्न कम्युनिष्ट आन्दोलनलाई एकीकृत बनाउनुपर्छ: माधवकुमार नेपाल


२९ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले देशमा कम्युनिष्ट आन्दोलनलाई शक्तिशाली बनाउन वामपन्थी शक्ति एकीकृत हुनुपर्ने बताएका छन्।

पार्टी कार्यालय आलोकनगरमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले विद्यमान राजनीतिक अस्थिरताको अन्त्य गर्न सबै वामपन्थी शक्ति एकै ठाउँमा उभिनुपर्ने बताउँदै त्यसका लागि ध्रुवीकरण हुन आवश्यक रहेको बताए।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का केन्द्रीय सदस्य तबस्सुम परविन मिकरानीलाई पार्टीमा स्वागत गर्दै सहसंयोजक नेपालले मुलुकमा भएका सबै राजनीतिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेलेका कम्युनिष्ट पार्टी एकीकृत हुनुपर्नेमा जोड दिए।

पूर्व प्रधानमन्त्री नेपालले मुलुकको वर्तमान राजनीतिक अवस्था असहज तथा आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक क्षेत्रमा देखा परेको संकट समाधान गर्ने सामर्थ्य कम्युनिष्ट आदर्शमा हुने विचार व्यक्त गरे।

समान विचारधारा भएका दल तथा समूहसँग पनि एकताको गृहकार्य भइरहेको बताउँदै उनले शक्ति तथा संगठन बिस्तारका लागि वैचारिक दृष्टिकोण तथा दीर्घकालीन कार्यदिशा निर्माण गरिनुपर्नेमा जोड दिए।

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  ९ : ११ बजे

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई