चिनियाँ दुर्व्यवहारका कारण न्यूयोर्कमा हुने भनिएको चलचित्र महोत्सव स्थगित « Khabarhub

चिनियाँ दुर्व्यवहारका कारण न्यूयोर्कमा हुने भनिएको चलचित्र महोत्सव स्थगित


२९ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिनियाँ अधिकारीले दुर्व्यवहार गरेपछि अमेरिकाको न्यूयोर्क शहरमा आयोजना हुने भनिएको चलचित्र महोत्सव स्थगित भएको छ । चिनियाँ अधिकारीहरुले दर्जनौँ चिनियाँ चलचित्र निर्देशक तथा उत्पादक र उनीहरुका परिवारमाथि दुव्र्यवहार गरेपछि महोत्सव स्थगित भएको हो ।

मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचका अनुसार न्यूयोर्कमा नोभेम्बर ८ देखि १५ सम्म इण्डिचाइना फिल्म फेस्टिभल आयोजना हुने तय भएको थियो । तर, चिनियाँ दुव्र्यवहारका कारण महोत्सव स्थगित गर्नुपरेको आयोजक झु रिकुनले बताएका छन् ।

यसबाट आफ्नो मुलुकका बारेमा दुनियाँले के देख्छ वा पढ्छ भन्ने विषयमा चीनले नियन्त्रण कायम गर्न खोजेको प्रष्ट हुने वाचले जनाएको छ । चिनियाँ कलाकार तथा अभियन्ता चियाङ सीताका अनुसार उक्त महोत्सवमा सहभागी प्रायः सबै निर्देशकलाई चिनियाँ अधिकारीले धम्की दिएका छन् ।

चियाङका अनुसार विदेशमा रहेका र गैरचिनियाँ निर्देशकका आफन्त र साथीभाइले पनि चिनियाँ धम्कीको सामना गरेका छन् । महोत्सव स्थगित भएपछि आयोजक झुले जारी गरेको विज्ञप्तिमा चिनियाँ डरको कारण नभइ निर्देशक, पाहुना र अन्य साझेदारमाथि हुने दुव्र्यवहार रोक्न यस्तो निर्णय गरिएको प्रष्टिकरण दिएका छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  ८ : ३८ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२