बजार अनुमगनलाई तिव्रता दिँदै विभाग « Khabarhub

बजार अनुमगनलाई तिव्रता दिँदै विभाग


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार काठमाडौंका विभिन्न १४ वटा उद्योग तथा फर्मको निरीक्षण गरेको छ । त्यसमध्ये दुई वटालाई कारबाहीको दायरामा ल्याइएको विभागले विज्ञप्तिमार्फत जनाएको छ ।

कागेश्वरी मनोहरा–९ महानटारमा रहेको दाहाल गाई फार्मलाई विभागले पाँच हजार जरिवाना गरेको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५, दफा ३८ ‘घ’ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९, १ ‘क’ बमोजिम कारवाही गरिएको विभागले जनाएको हो ।

यसैगरी कागेश्वरी मनोहरा–९ गोठाटारमा रहेको डिएनएस काष्ठ तथा फर्निचर उद्योगलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । विभागले अन्य १२ उद्योग वा फर्मलाई भने तत्काल सुधार गर्नुपर्ने केही राय सुझावसहित निर्देशन दिएको छ ।

विभागले सार्वजनिक बिदाको दिन बाहेक अन्य दिन देशव्यापी रूपमा स्थानीय प्रशासनसमेतको सहयोगमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको छ । बजारमा स्वच्छता कायम राख्न, बिल बिजक जारी गराउन र कालोबजारी अन्त्यका लागि क्रियाशील भएको विभागले स्पष्ट पारेको छ ।

विभागको पछिल्लो विवरणअनुसार यही मङ्सिर २६ गते ११ वटा उद्योग र फर्मको अनुमगन गरेको थियो । मङ्सिर २५ गते २० वटा उद्योग वा फर्ममा अनुमगन गरेको थियो । सो दिन दावा सुज एण्ड फेसन सेन्टरलाई ५० हजार जरिवाना तिराएको थियो ।

त्यसैगरी मङ्सिर २४ गते १३ वटा फर्ममा अनुमगन गरेको थियो । सो दिन चार वटा फर्मलाई ५० हजार जरिवाना तिराएको थियो । मङ्सिर २३ गते १५ वटा फर्ममा अनुगमन गरेको थियो भने मङ्सिर २२ गते १५ वटा फर्ममा अनुमगन गरी तीन वटा फर्मलाई ५० हजार जरिवाना तिराएको थियो ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ७ : ३३ बजे

यस्तो छ पूर्वमन्त्री दीपक खड्काको पक्राउ पूर्जी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

गुल्मी – चन्द्रकोट गाउँपालिकामा जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको

यी हुन् पूर्वमन्त्री दीपक खड्का जोडिएका विवाद

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

विभेद अन्त्यका लागि संरचनागत सुधार अनिवार्य छ : रक्षा बम

काठमाडौँ – जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राज्यले गर्ने क्षमायाचना

ओलीलाई गैरकानुनी हिरासतमा राखिएको भन्दै राधिका शाक्य सर्वोच्च जाँदै

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली