एमाले महाधिवेशन– पोखरेल प्यानलबाटः महासचिव पाण्डे, उपमहासचिव भट्टराई र सचिव बास्कोटा « Khabarhub

एमाले महाधिवेशन– पोखरेल प्यानलबाटः महासचिव पाण्डे, उपमहासचिव भट्टराई र सचिव बास्कोटा


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएपछि अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानल बनाउन व्यस्त छन् ।

पदाधिकारीमा आ–आफ्नो पक्षका उम्मेदवारको नाम टुंगो लगाउने कसरत भइरहेको छ । ओलीलाई चुनौती दिनेगरी ईश्वर पोखरेलले महासचिवमा सुरेन्द्र पाण्डे, उपमहासचिवमा योगेश भट्टराई र सचिवमा गोकुल बाँस्कोटाको नाम टुंगो लगाएका छन् ।

ईश्वर पक्षको छलफलमा अहिलेसम्म तीन प्रमुख पदको टुंगो लागेको एक नेताले बताए ।

एमालेले पाँच उपाध्यक्ष बनाउने भएको छ । ईश्वर समूहले केही नेताको नाम उपाध्यक्षमा टुंगो लगाए पनि केही बाँकी छ । अहिलेसम्म गोकर्ण विष्ट, बिन्दा पाण्डेलगायतको नाम उपाध्यक्षमा टुंगिएको छ । आदिवासी, जनजाति, महिला र पुरुष गरेर समावेशी नाम टुंग्याउने प्रयास ईश्वर समूहले गरेको छ ।

एक महासचिवमा सुरेन्द्र पाण्डेको नाममा सहमति भएको छ भने तीन उपमहासचिवमध्ये एक पदमा भट्टराईको नाम फाइनल भएको छ । दुई उपमहासचिवको नाम भने टुंगिसकेको छैन ।

पोखरेल समूहले सचिवमा गोकुल बाँस्कोटाको नाम टुंग्याएको छ भने कृष्णगोपाल श्रेष्ठदेखि रचना खड्कासम्मको नाममा छलफल गरिरहेको छ ।

एमालेको जारी ११ औं महाधिवेशनमा आज बिहान ८ बजेबाट भृकुटी मण्डपमा सुरु हुँदैछ । पार्टीको निर्वाचन आयोगले आइतबार साँझ प्रकाशन गरेको मतदाताको अन्तिम नामावलीमा अहिले बिहान ९ बजेसम्म दाबी विरोधको समय राखिएको छ ।
आयोगका प्रमुख डा. बिजय सुब्बाका अनुसार आजै उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरेर मंगलबार मतदान गर्ने तयारी छ । आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार मतदाता नामावलीमा परेको दाबी बिरोधको छानबिन बिहान १० बजेसम्ममा सकिने । १०.१५ मा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।

आयोगले बिहान ९ बजे देखि १२ बजेसम्म नै उम्मेद्वारीको फारम वितरण गर्दैछ । उम्मेद्वारी दर्ता बिहान १०ः३० देखि दिउसो १ः३० बजेसम्ममा सकिनेछ । उम्मेद्वारको प्रारम्भिक नामावली प्रकाशन दिउसो २ः३० बजे हुनेछ । उम्मेद्वारका विरुद्ध उजुरी दिने समय २ः३० देखि आधा घण्टालाई राखिएको छ । उम्मेद्वार विरुद्धको छानविन १० मिनेटमै सक्ने आयोगले जनाएको छ । उम्मेद्वारको अन्तिम नामावली प्रकाशन साँझ ६ बजे गरिने आयोगले जारी गरेको निर्वाचन कार्यतालिकामा उल्लेख छ । महाधिवेशनमा २२६३ जना प्रतिनिधि छन् ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ९ : ३१ बजे

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)