एमाले महाधिवेशन– पोखरेल प्यानलबाटः महासचिव पाण्डे, उपमहासचिव भट्टराई र सचिव बास्कोटा « Khabarhub

एमाले महाधिवेशन– पोखरेल प्यानलबाटः महासचिव पाण्डे, उपमहासचिव भट्टराई र सचिव बास्कोटा


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएपछि अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानल बनाउन व्यस्त छन् ।

पदाधिकारीमा आ–आफ्नो पक्षका उम्मेदवारको नाम टुंगो लगाउने कसरत भइरहेको छ । ओलीलाई चुनौती दिनेगरी ईश्वर पोखरेलले महासचिवमा सुरेन्द्र पाण्डे, उपमहासचिवमा योगेश भट्टराई र सचिवमा गोकुल बाँस्कोटाको नाम टुंगो लगाएका छन् ।

ईश्वर पक्षको छलफलमा अहिलेसम्म तीन प्रमुख पदको टुंगो लागेको एक नेताले बताए ।

एमालेले पाँच उपाध्यक्ष बनाउने भएको छ । ईश्वर समूहले केही नेताको नाम उपाध्यक्षमा टुंगो लगाए पनि केही बाँकी छ । अहिलेसम्म गोकर्ण विष्ट, बिन्दा पाण्डेलगायतको नाम उपाध्यक्षमा टुंगिएको छ । आदिवासी, जनजाति, महिला र पुरुष गरेर समावेशी नाम टुंग्याउने प्रयास ईश्वर समूहले गरेको छ ।

एक महासचिवमा सुरेन्द्र पाण्डेको नाममा सहमति भएको छ भने तीन उपमहासचिवमध्ये एक पदमा भट्टराईको नाम फाइनल भएको छ । दुई उपमहासचिवको नाम भने टुंगिसकेको छैन ।

पोखरेल समूहले सचिवमा गोकुल बाँस्कोटाको नाम टुंग्याएको छ भने कृष्णगोपाल श्रेष्ठदेखि रचना खड्कासम्मको नाममा छलफल गरिरहेको छ ।

एमालेको जारी ११ औं महाधिवेशनमा आज बिहान ८ बजेबाट भृकुटी मण्डपमा सुरु हुँदैछ । पार्टीको निर्वाचन आयोगले आइतबार साँझ प्रकाशन गरेको मतदाताको अन्तिम नामावलीमा अहिले बिहान ९ बजेसम्म दाबी विरोधको समय राखिएको छ ।
आयोगका प्रमुख डा. बिजय सुब्बाका अनुसार आजै उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरेर मंगलबार मतदान गर्ने तयारी छ । आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार मतदाता नामावलीमा परेको दाबी बिरोधको छानबिन बिहान १० बजेसम्ममा सकिने । १०.१५ मा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।

आयोगले बिहान ९ बजे देखि १२ बजेसम्म नै उम्मेद्वारीको फारम वितरण गर्दैछ । उम्मेद्वारी दर्ता बिहान १०ः३० देखि दिउसो १ः३० बजेसम्ममा सकिनेछ । उम्मेद्वारको प्रारम्भिक नामावली प्रकाशन दिउसो २ः३० बजे हुनेछ । उम्मेद्वारका विरुद्ध उजुरी दिने समय २ः३० देखि आधा घण्टालाई राखिएको छ । उम्मेद्वार विरुद्धको छानविन १० मिनेटमै सक्ने आयोगले जनाएको छ । उम्मेद्वारको अन्तिम नामावली प्रकाशन साँझ ६ बजे गरिने आयोगले जारी गरेको निर्वाचन कार्यतालिकामा उल्लेख छ । महाधिवेशनमा २२६३ जना प्रतिनिधि छन् ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ९ : ३१ बजे

प्रमुख दलका वाचा : सबल र आत्मनिर्भर अर्थतन्त्र

काठमाडौं– प्रमुख राजनीतिक दलले मुलुकको अर्थतन्त्रको गुणात्मक सुधार गर्ने लक्ष्यका

आर्थिक सहयोग गरेर विद्यालयलाई ऋणमुक्त

म्याग्दी– म्याग्दीको जलजला गाउँपालिका–१ बाँसखर्कमा रहेको ज्योति मण्डल माध्यमिक विद्यालयलाई

पर्साको दुई निर्वाचन मतदानस्थल अनुगमन बाँकी

पर्सा– जिल्ला सुरक्षा समितिले पर्साको १६५ मतदानस्थलको अनुगमन तथा निरीक्षणको

उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिकामा हिमपातले जनजीवन अस्तव्यस्त, ६ लाख घरमा विद्युत अवरुद्ध

काठमाडौं – अमेरिकाको पूर्वी तटीय क्षेत्रमा भएको हिमपातका कारण जनजीवन