भरुवा बन्दुक पड्किँदा साथीको मृत्यु « Khabarhub

भरुवा बन्दुक पड्किँदा साथीको मृत्यु


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका सिकारीको भरुवा बन्दुक पड्किँदा सँगै हिँडेका साथीको मृत्यु भएको छ ।

मकवानपुरको राक्सिराङ गाउँपालिका–८ राजराङ्गका ४५ वर्षीय गोपाल ब्लोनले बोकेको भरुवा बन्दुक पड्किएर उनीसँगै सिकार गर्न हिँडेका मनहरी गाउँपालिका–६ बालुभञ्जाङ निवासी ५० वर्षीय सेते थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार ब्लोन र सेते दुवै जनासँगै एकएक थान भरुवा बन्दुक बोकेर जङ्गलमा सिकार गर्न हिँडेकोमा अगाडि हिँडिरहेका ब्लोन लहरामा अल्झिएर लडेपछि अचानक बन्दुक पड्किएको र पछिपछि आइरहेका थिङलाई गोली लागेको थियो ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचरीबाट खटिएको प्रहरी टोलीले दुवै हतियारसहित ब्लोनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए । मृतकको शव परीक्षणका लागि अस्पताल ल्याउने तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ९ : ४६ बजे

प्रदीपले स्वीकारेनन् शंकरलाई महासचिव, कुनै पदमा उम्मेदवारी नदिने भन्दै गुण्डुबाट बाहिरिए

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहमा गम्भीर विवाद

‘धुरन्धर’ स्टार अर्जुन रामपालले प्रेमिका गेब्रिएलासँग इन्गेजमेन्ट गरेको खुलासा

काठमाडौं – बलिउड अभिनेता अर्जुन रामपालले प्रेमिका गेब्रिएला डेमेड्रियाससँग गोप्य

रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु

रूपन्देही– रुपन्देहीको भैरहवा–परासी सडकखण्डमा आज भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु

सुनको मूल्यमा आज पनि नयाँ कीर्तिमान, कतिमा भइरहेको छ कारोबार

काठमाडौं– सुनको मूल्य बढ्ने क्रम आज पनि जारी रहेको छ

प्रि ओपन सेसन : नेप्सेमा १.२९ अंकको गिरावट

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)