यस्तो बन्दैछ ओली र पोखरेल पक्षका पदाधिकारीको टीम « Khabarhub

यस्तो बन्दैछ ओली र पोखरेल पक्षका पदाधिकारीको टीम

असन्तुष्ट पक्षसँग वार्ता गर्दै पोखरेल पक्ष



काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनका लागि ओली पक्षको टिम पनि प्रारम्भिक रुपमा तयार भएको छ। एघारौं महाधिवेशनका लागि अध्यक्षमा केपी शर्मा ओलीले प्रतिस्पर्धा गर्नेछन् । महासचिवमा शंकर पोखरेलको नाम फाइनल भएको छ।

‘शंकर पोखरेलको नाम महासचिवमा फाइनल भएको छ। यसमा कुनै तलमाथि हुँदैन’,स्रोत भन्छ, ‘प्रदीप कमरेडलाई उपाध्यक्ष बनाउने निर्णय भएको छ।’

प्रदीप ज्ञवालीसँगै अब उपाध्यक्षमा रामबहादुर थापा बादल, विष्णु पौडेल,पृथ्वी सुब्बा गुरुङ र गुरु बराल रहने भएका छन् ।

स्रोतका अनुसार पद्मा अर्याललाई महिला उपाध्यक्ष बनाउनुपर्ने आवाज उठे पनि उनलाई सचिवमै दोहोर्‍याउने सम्भावना प्रबल छ।

यससँगै ओली टिममा तीनजना उपमहासचिवको नाम पनि फाइनल भएको छ। उपमहासचिवमा विष्णु रिमाल दोहोरिने भएका छन् । नयाँ अनुहार भानुभक्त ढकाल र रघुवीर महासेठ उपमहासचिव छन्। महासेठ यसअगाडि सचिव थिए।

ओली टिममा अन्य सचिवहरूमा खगराज अधिकारी, महेश बस्नेत, ज्वालाकुमारी, साह शेरधन राई, हिक्मत कार्की र छविलाल विश्वकर्मा लगायतको नाम छ।

छविलाल यसअगाडि पनि सचिव थिए । उनलाई उपमहासचिव बनाउनुपर्ने आवाज उठे पनि ओलीले सचिवमै दोहोर्‍याउने सम्भावना छ ।

‘महासचिवमा शंकर कमरेड फाइनल भएसँगै अन्य नाम पनि फाइनल गरेका छौं’, एक नेताले भने, ‘पदाधिकारीका लागि अधिकांश नामहरूमा लगभग सहमति जुटेको छ । केही थपिन र घट्न सक्नुहुनेछ ।’

ओली समूहले पाँच उपाध्यक्षको नाम टुङ्गो लगाए पनि पद्मालाई उपाध्यक्ष बनाउने कुराले गुरु बराल उपाध्यक्षबाट बाहिरिने सम्भावना छ ।

महासचिवमा प्रदीप ज्ञवाली नआउने भएपछि विष्णु पौडेलले असन्तुष्टि जनाइरहेका छन्। उनले शंकरलाई महासचिव बनाउने प्रस्तावमा ओलीलाई अझै हेरफेर गर्न आग्रह गरिरहेका छन्।

यता ज्ञवाली पनि उपाध्यक्ष नबन्ने अडान कायम राखे पनि ओलीले सूची पढेपछि तयार हुन सक्छन् ।

स्रोतका अनुसार ईश्वर पोखरेल पक्षका नेताले विष्णु पौडेल र पृथ्बी सुब्बा गुरुङसँग सम्पर्क गरिरहेका छन् ।

ज्ञवालीसँग पनि संवाद गर्ने तयारीमा पोखरेल पक्ष रहेको छ। यसका लागि पोखरेल पक्ष छुट्टै रणनीतिमा छ ।

पोखरेल पक्षको टिम

ईश्वर पोखरेल पक्षले नेताहरूको प्रारम्भिक नाम टुङ्गो लगाएको छ ।

पोखराल पक्षले तीन उपाध्यक्ष एक अध्यक्ष एक महासचिव एक उपमहासचिव र चारजना सचिवको नाम टुङ्गो लगाए पनि अन्यमा छलफल भइरहेको बताएको छ ।

जसअनुसार अध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षमा गोकर्ण विष्ट, डा. विन्दा पाण्डे, परशुमेघी गुरुङ लगायतको नाम फाइनल भएको छ।

पाँचजना उपाध्यक्षमध्ये दुईजनाको नाम पोखरेलसम्मले अहिलेसम्म टुङ्गो लगाएको छैन। महासचिवमा सुरेन्द्र पाण्डेको नाम फाइनल भएको छ।

यस्तै उपमहासचिवमा योगेश भट्टराईको नाम फाइनल हुँदा कर्ण थापासमेत लगभग निश्चित छन् । तर थापा सचिवमै रहन सक्ने पनि सम्भावना छ। भट्टराईको पक्षमा चुनावी प्रचार अभियान पनि थालिएको छ।

सचिवहरूमा बागमतीबाट रचना खड्का, अरुण नेपाल, उपत्यकाबाट गोकुल बास्कोटा, लुम्बिनीबाट ठाकुर गैरे, मधेशबाट पुरुषोत्तम पौडेल, सुदूरपश्चिमबाट झपट रावल, गण्डकीबाट इन्द्रलाल सापकोटा र हिरा केसी लगायत आउने सम्भावना छ ।

‘यी नामहरूबारे छलफल भइरहेको छ। तर अन्तिम टुंगो हुन बाँकी छ’, अध्यक्षका उम्मेदवार पोखरेलनिकट एक नेताले खबरलाई भने, ‘माथिका धेरै नामहरू आउन सक्छन्, कुनै कुनै नाम तलमाथि होला।’

स्रोतका अनुसार अध्यक्ष केपी शर्मा ओली पक्षले आफ्नो प्यानल सार्वजनिक नगरेसम्म पोखराल पक्षले प्यानल सार्वजनिक गर्ने छैन।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ११ : ५६ बजे

ओलीको प्रशंसा गर्दै एमाले फर्किएकी रामकुमारी अटाइनन् कुनै प्यानलमा

काठमाडौं– तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा सचिवको जिम्मेवारीमा

महाधिवेशनस्थलमै पुगेर भोट माग्दै ईश्वर पोखरेल

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलले महाधिवेशनस्थलमै

एमाले उपाध्यक्षमा बिन्दा पाण्डेको उम्मेदवारी, प्रस्तावकमा अष्टलक्ष्मी शाक्य

काठमाडौं- नेकपा एमालेकी नेतृ बिन्दा पाण्डेले पार्टीको उपाध्यक्ष पदमा उम्मेदवारी

जेन-जीको आन्दोलनपछि ओलीको रक्षा कवच बनेका महेशलाई सचिवको टिकट

काठमाडौं– भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनको बलमा दुईतिहाइको

कांग्रेसले नेता उपाध्यायको निधनमा पार्टीको झण्डा तीन दिन आधा झुकाउने

काठमाडौं– नेपाली कांग्रेसले लोकतान्त्रिक आन्दोलनका योद्धा, पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा