महाधिवेशनस्थलमै पुगेर भोट माग्दै ईश्वर पोखरेल « Khabarhub

महाधिवेशनस्थलमै पुगेर भोट माग्दै ईश्वर पोखरेल


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलले महाधिवेशनस्थलमै पुगेर प्रतिनिधिहरूसँग भोट मागिरहेका छन्। नेतृत्वमा पुस्तान्तरण र हस्तान्तरणको बहसलाई अघि बढाउन आफूलाई विश्वास गर्न उनले प्रतिनिधिहरूसँग आग्रह गरेका छन्।

महाधिवेशनस्थलमा पोखरेल विभिन्न नेता तथा महाधिवेशन प्रतिनिधिसँग भेटघाट गर्दै आफ्नो एजेन्डा प्रस्तुत गरिरहेका छन्। पार्टीलाई समयअनुकूल अपडेट गर्ने, कार्यशैली र कार्यदिशा सुधार गर्ने लक्ष्यसहित आफूहरूको पक्षमा मतदान गर्न पोखरेल पक्षले आग्रह गरिरहेको छ।

प्रतिनिधिसँग संवाद गर्दै पोखरेलले पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा स्वाभाविक रहेको बताए।

‘जनताको बहुदलीय जनवादबाट निर्देशित हाम्रो पार्टीमा प्रतिस्पर्धा सामान्य प्रक्रिया हो। साथीहरूले माया र विश्वास गर्नुहुनेछ भन्ने लागेको छ,’ उनले भने।

पोखरेल भोट माग्दै महाधिवेशनस्थलमा सक्रिय देखिए पनि पार्टी अध्यक्ष केपी शर्मा ओली भने अहिलेसम्म महाधिवेशनस्थल पुगेका छैनन्।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  १ : ०७ बजे

टी–२० विश्वकप : वेस्ट इन्डिजको विशाल जित, जिम्बाब्वे १०७ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा वेस्ट इन्डिजले

साम्बाको उपचार निःशुल्क गरिदिने काठमाडौँ मेडिकल कलेजको घोषणा

काठमाडौं – काठमाडौँ मेडिकल कलेजले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान

दुई दर्जन कारण देखाउँदै एमालेले माग्यो ईश्वर पोखरेललाई माग्यो भोट

काठमाडौँ– काठमाडौं निर्वाचन क्षेत्र नंम्बर ५ मा उम्मेदवार रहेका एमाले

शेखर कोइराला भन्छन् : कांग्रेसले जितेमात्रै धर्म–संस्कृति जोगिन्छ

मोरङ – नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नंं ६

सुशासन र परिणाममुखी काम अबको आवश्यकता : कुलमान घिसिङ

सुनसरी – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशमा सुशासन