लेखराज उपमहासचिवमा चढ्दा भानुभक्त सचिवमा ओर्लिए, राजेन्द्रको स्वतन्त्र उम्मेदवारी « Khabarhub

लेखराज उपमहासचिवमा चढ्दा भानुभक्त सचिवमा ओर्लिए, राजेन्द्रको स्वतन्त्र उम्मेदवारी


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनअन्तर्गत अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा एकपछि अर्को समस्या देखिन थालेको छ।

महासचिव पदलाई लिएर उपमहासचिव प्रदीप ज्ञवाली र उपाध्यक्ष विष्णु पौडेलको तीव्र असन्तुष्टि भएकाले बेला नेताहरूले विद्रोह थालेका छन् ।

यसअघि सचिव रहेका लेखराज भट्टलाई ओलीले त्यही पदमा दोहोर्‍याउन खोज्दा असन्तुष्टि जनाए । माओवादी पृष्ठभूमिका उनले सचिव पदमा नबस्ने घोषणा गरे ।

तर अहिले अध्यक्ष ओलीले उनलाई उपमहासचिव पदमा फर्काएका छन् । उनी उपमहासचिव पदबाट लड्ने भएपछि यसअघि जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकाल सचिवमा झरेका छन् ।

उता ओ‌लीका अर्का विश्वास पात्र राजेन्द्र गौतमले विद्रोह गरेका छन् । सचिव पद नपाएपछि गुण्डुबाट रिसाएर निस्किएका उनले भृकुटीमण्डपस्थित महाधिवेशनस्थलमा आफू स्वतन्त्र भएको घोषणा गरे ।

ओली कोशीबाट सचिवमा शेरधन राई र हिक्मत कार्कीलाई समेट्दा गौतम परेनन् । ओली टीममा नपरेपछि उनले अब स्वतन्त्र बनेर उपमहासचिव पदमा उम्मेदवारी दिने भएका छन् । उनले त्यही अनुसार स्वतन्त्र बनेर उपमहासचिव पदमा नोमिनेशन गर्न लागेका हुन् ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  २ : ०१ बजे

टी–२० विश्वकप : वेस्ट इन्डिजको विशाल जित, जिम्बाब्वे १०७ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा वेस्ट इन्डिजले

साम्बाको उपचार निःशुल्क गरिदिने काठमाडौँ मेडिकल कलेजको घोषणा

काठमाडौं – काठमाडौँ मेडिकल कलेजले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान

दुई दर्जन कारण देखाउँदै एमालेले माग्यो ईश्वर पोखरेललाई माग्यो भोट

काठमाडौँ– काठमाडौं निर्वाचन क्षेत्र नंम्बर ५ मा उम्मेदवार रहेका एमाले

शेखर कोइराला भन्छन् : कांग्रेसले जितेमात्रै धर्म–संस्कृति जोगिन्छ

मोरङ – नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नंं ६

सुशासन र परिणाममुखी काम अबको आवश्यकता : कुलमान घिसिङ

सुनसरी – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशमा सुशासन