महेश बस्नेत भन्छन् : मुलुकका लागि केपी ओलीको नेतृत्व अपरिहार्य « Khabarhub

महेश बस्नेत भन्छन् : मुलुकका लागि केपी ओलीको नेतृत्व अपरिहार्य


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका नेता महेश बस्नेतले मुलुकको वर्तमान अवस्थामा पार्टी र मुलुकलाई अघि बढाउन केपी ओलीको नेतृत्व अपरिहार्य भएको बताएका छन् ।

सोमबार भृकुटीमण्डपस्थित महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीको टीमबाट सचिवका उम्मेदवार बस्नेतले कम्युनिष्ट आन्दोलन हाँक्न सक्ने, पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन सक्ने नेताहरूको टीम ओलीले बनाएको बताए । ।

बस्नेतले ईश्वर पोखरेलले वरिष्ठ उपाध्यक्षमा दोहरिएर सहमति गरेको भए उत्तम हुने भए पनि त्यसो हुन नसकेकाले पार्टीभित्र आन्तरिक द्वन्द्व बढ्ने र गुटबन्दी बढ्ने सम्भावना बढेको धारणा राखे ।

केपी ओलीको टीमबाट उपाध्यक्षमा विष्णु पौडेल, रामहादुर थापा, गुरु बराल लगायत छन् भने महासचिवमा शंकर पोखरेललाई नै दोहोरिएका छन् ।

त्यस्तै उपमहासचिवमा रघुवीर महासेठ, भानुभक्त ढकाल, लेखराज भट्ट लगायत छन् भने सचिवमा पद्मा अर्याल, छबिलाल विश्वकर्मा, शेरधन राई, हिक्मत कार्की, महेश बस्नेत लगायत उम्मेदवार छन् ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  २ : १३ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको