महेश बस्नेत भन्छन् : मुलुकका लागि केपी ओलीको नेतृत्व अपरिहार्य « Khabarhub

महेश बस्नेत भन्छन् : मुलुकका लागि केपी ओलीको नेतृत्व अपरिहार्य


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका नेता महेश बस्नेतले मुलुकको वर्तमान अवस्थामा पार्टी र मुलुकलाई अघि बढाउन केपी ओलीको नेतृत्व अपरिहार्य भएको बताएका छन् ।

सोमबार भृकुटीमण्डपस्थित महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीको टीमबाट सचिवका उम्मेदवार बस्नेतले कम्युनिष्ट आन्दोलन हाँक्न सक्ने, पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन सक्ने नेताहरूको टीम ओलीले बनाएको बताए । ।

बस्नेतले ईश्वर पोखरेलले वरिष्ठ उपाध्यक्षमा दोहरिएर सहमति गरेको भए उत्तम हुने भए पनि त्यसो हुन नसकेकाले पार्टीभित्र आन्तरिक द्वन्द्व बढ्ने र गुटबन्दी बढ्ने सम्भावना बढेको धारणा राखे ।

केपी ओलीको टीमबाट उपाध्यक्षमा विष्णु पौडेल, रामहादुर थापा, गुरु बराल लगायत छन् भने महासचिवमा शंकर पोखरेललाई नै दोहोरिएका छन् ।

त्यस्तै उपमहासचिवमा रघुवीर महासेठ, भानुभक्त ढकाल, लेखराज भट्ट लगायत छन् भने सचिवमा पद्मा अर्याल, छबिलाल विश्वकर्मा, शेरधन राई, हिक्मत कार्की, महेश बस्नेत लगायत उम्मेदवार छन् ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  २ : १३ बजे

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको

ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने

अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौँ– पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका