बालेनले भने- आगामी दिनमा एक हजार ८५९ रोपनी जग्गा अतिक्रमणमुक्त गराउछौँ « Khabarhub

बालेनले भने- आगामी दिनमा एक हजार ८५९ रोपनी जग्गा अतिक्रमणमुक्त गराउछौँ


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले आफ्ना ३१ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । 

दिवसका अवसरमा महानगरले राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको थियो । 

समारोहमा महानगरपालिकाले सहरी सेवा तथा सुविधा वितरण र सहरी व्यवस्थापनका लागि प्रयोग गर्ने साधन तथा उपकरणहरूको प्रदर्शन गरिएको थियो भने सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो ।

स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरले कार्यालय सञ्चालन खर्च घटाउँदै पुँजीगत खर्चलाई विशेष महत्त्व दिएर बढाउने नीति अपनाएको बताए । 

उनले  करिब ९१ करोड रुपैयाँको लागतमा सम्पदा संरक्षणका काम हुँदा २७६ मूर्त सम्पदा आयोजना र १ सय २५ अमूर्त सम्पदा कार्यक्रम सञ्चालन गरिएका प्रमुख शाहले जानकारी दिए ।

आगामी दिनमा करिब दुई खर्ब रुपैयाँ बराबरको एक हजार ८५९ रोपनी जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य रहेको उनले बताए ।  

महानगरले स्वास्थ्य, शिक्षा, रोजगारी प्रवर्द्धन, वातावरण सुधार र पूर्वाधार कार्यक्रमलाई थप प्राथमिकतासहित कार्यान्वयनमा ल्याएको उनले जानकारी दिए । 

समारोहमा महानगरले महानगर दिवसका अवसरमा विभिन्न विधामा विशिष्ट योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान तथा उत्कृष्ट काम गर्ने जनप्रतिनिधिलाई पुरस्कृत गरिएको थियो । 

२०५२ साल मंसिर २९ गते काठमाडौं नगरलाई काठमाडौँ महानगर घोषणा गरेको दिनलाई महानगर दिवसका रुपमा मनाउने गरिएको छ । 

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  २ : ३० बजे

पूर्वमन्त्री कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमन्त्री

प्रधानमन्त्री र मन्त्रीको दैनिक ‘मापसे र लापसे’ जाँच गर्न हर्क साम्पाङको माग

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

तेह्रथुम– तेह्रथुमको फेदाप गाउँपालिका–१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण

बालेन सरकारको निर्णय : स्नातकसम्म पढ्न नागरिकता नचाहिने

काठमाडौँ – सरकारले शिक्षा क्षेत्रको संरचनात्मक सुधारका लागि स्नातक तहसम्मको

बाढीले अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा

काभ्रे– शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध