बालेनले भने- आगामी दिनमा एक हजार ८५९ रोपनी जग्गा अतिक्रमणमुक्त गराउछौँ « Khabarhub

बालेनले भने- आगामी दिनमा एक हजार ८५९ रोपनी जग्गा अतिक्रमणमुक्त गराउछौँ


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले आफ्ना ३१ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । 

दिवसका अवसरमा महानगरले राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको थियो । 

समारोहमा महानगरपालिकाले सहरी सेवा तथा सुविधा वितरण र सहरी व्यवस्थापनका लागि प्रयोग गर्ने साधन तथा उपकरणहरूको प्रदर्शन गरिएको थियो भने सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो ।

स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरले कार्यालय सञ्चालन खर्च घटाउँदै पुँजीगत खर्चलाई विशेष महत्त्व दिएर बढाउने नीति अपनाएको बताए । 

उनले  करिब ९१ करोड रुपैयाँको लागतमा सम्पदा संरक्षणका काम हुँदा २७६ मूर्त सम्पदा आयोजना र १ सय २५ अमूर्त सम्पदा कार्यक्रम सञ्चालन गरिएका प्रमुख शाहले जानकारी दिए ।

आगामी दिनमा करिब दुई खर्ब रुपैयाँ बराबरको एक हजार ८५९ रोपनी जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य रहेको उनले बताए ।  

महानगरले स्वास्थ्य, शिक्षा, रोजगारी प्रवर्द्धन, वातावरण सुधार र पूर्वाधार कार्यक्रमलाई थप प्राथमिकतासहित कार्यान्वयनमा ल्याएको उनले जानकारी दिए । 

समारोहमा महानगरले महानगर दिवसका अवसरमा विभिन्न विधामा विशिष्ट योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान तथा उत्कृष्ट काम गर्ने जनप्रतिनिधिलाई पुरस्कृत गरिएको थियो । 

२०५२ साल मंसिर २९ गते काठमाडौं नगरलाई काठमाडौँ महानगर घोषणा गरेको दिनलाई महानगर दिवसका रुपमा मनाउने गरिएको छ । 

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  २ : ३० बजे

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ

जसपा नेपालको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं – जनता समाजवादी पार्टी, नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै

उज्यालो नेपालका १५ जना केन्द्रीय सदस्यले छाडे पार्टी

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा)मा आन्तरिक विवाद चुलिँदै जाँदा