‘काकु’लाई डेब्यू निर्देशनमै ठूलो सफलता, ‘परान’ बन्यो सर्वाधिक व्यापार गर्ने छटौं फिल्म « Khabarhub

‘काकु’लाई डेब्यू निर्देशनमै ठूलो सफलता, ‘परान’ बन्यो सर्वाधिक व्यापार गर्ने छटौं फिल्म


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टेलिसिरियल ‘भद्रगोल’ र ‘सक्किगोनि’को चरित्र ‘काकु’बाट चर्चामा आएका दिपक आर्चायलाई डेब्यू निर्देशनमै ठूलो व्यापारिक सफलता मिलेको छ ।

दीपकको निर्देशन रहेको फिल्म ‘परान’ले मंसिर २७ गतेसम्म १७ करोड ३९ लाखको व्यापार गरेको चलचित्र विकास बोर्डले सोमबार तथ्यांक सार्वजनिक गरेको छ ।

कात्तिक १४ बाट प्रदर्शनमा आएको यस फिल्म हेर्न उक्त अवधिमा ६ लाख १२ हजार ८०८ वटा टिकट बिक्री भएको बोर्ड तथ्यांकमा उल्लेख गरिएको छ ।

यस फिल्मको व्यापार उच्च हो । नेपाली फिल्म इतिहासमा सबैभन्दा बढी व्यापार गर्ने छटौं स्थानमा उक्लिएको छ । अर्थात्, ‘परान’ले व्यापारिक रुपमा आफ्नो स्थान कायम गरेको छ ।

सर्वाधिक व्यापार गर्ने पाँचौ फिल्म ‘जारी’ले १७ करोड ४८ लाखको व्यापार गरेको छ । ‘जारी’लाई भेट्न ‘परान’ले करिब ९ लाखको व्यापार गरे पुग्छ । ‘परान’ले ‘जारी’को रेकर्ड तोड्ने सम्भावना उच्च देखिन्छ ।

अहिलेको अवस्थामा ‘परान’भन्दा बढी व्यापार गर्ने पाँच फिल्महरु क्रमशः ‘पूर्णबहादुरको सारङ्गी’, ‘कबड्डी ४’, ‘१२ गाउँ’, ‘छक्का पञ्जा ४’ र ‘जारी’ हुन् ।

‘परान’मा नीर शाह शीर्ष भूमिकामा छन् । सहायक भूमिकामा नायकहरु प्रवीण खतिवडा, महेश त्रिपाठी, नायिकाहरु केकी अधिकारी र अञ्जना बराइली छन् ।

निर्देशक आचार्यले यसको कथा लेखेका हुन् भने निर्माताहरु रञ्जित आचार्य र शेखर गोल्छा हुन् ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ४ : ०७ बजे

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना