कुमारी बैंकले ल्यायो ग्रीन हायर पर्चेज कर्जा  « Khabarhub

कुमारी बैंकले ल्यायो ग्रीन हायर पर्चेज कर्जा 


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुमारी बैंकले ग्रीन हायर पर्चेज कर्जा योजना सञ्चालनमा ल्याएको छ । दिगो, समावेशी तथा जिम्मेवार बैंकिङ्गको अभ्यास गर्दै दिगो विकासका लक्ष्यहरू हासिल गर्न बैंकले जिआईजेड, ग्लोबल ग्रीन ग्रोथ इष्टिच्यूट आदि जस्ता संस्थाहरुद्धारा व्यवस्थापन तथा प्रवर्द्धन गरिएको सस्टेनेबल इलेक्ट्रिक ट्रान्सपोर्ट नेपाल (एसईटी४एनपीएल) परियोजना अन्तर्गत साझेदारी गर्दै यो योजना सञ्चालनमा ल्याएको हो । 

बैंकका अनुसार यस योजना अन्तर्गत सार्वजनिक यातायात सेवा प्रवाहमा आबद्ध व्यक्तिहरूले विद्युतीय बस तथा माइक्रो बस खरिद गर्न बैंकबाट कर्जा लिँदा, आकर्षक ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्नुका साथै ऋणीले भुक्तानी गर्नु पर्ने सुरुवाती रकम (डाउन पेमेन्ट)मा परियोजनाबाट निर्धारित अनुदानहरूसमेत पाउने छन् । 

त्यसैगरी इन्धनमा आधारित सार्वजनिक सवारी साधनहरू सञ्चालन गरिरहेका व्यक्तिहरूले आफ्ना सवारी साधनहरूलाई विद्युतीय बस तथा माइक्रो बसमा बदल्नका लागि कर्जा लिन चाहेमा समेत थप अनुदान प्राप्त गर्न सकिने बैंकले जनाएको छ । 

बैंकका अनुसार यसका लागि ऋणीहरूले परियोजनामा आबद्ध सवारी साधन आपुर्तिकर्ताहरुबाट विद्युतीय बस तथा माइक्रो बस खरिद गर्नका लागि आवश्यक कागजात सहित कुमारी बैंकको शाखाहरूमा सम्पर्क गर्नुपर्ने छ ।

यस योजना अन्तर्गत समावेश गरिएका अनुदानहरूले ऋणीहरूको सुरुवाती पुँजीको व्यवस्थापनमा सहुलियत हुन्छ भने सार्वजनिक यातायातमा विद्युतीय सवारी साधनको प्रयोगसँगै प्रदूषण समेत कम गर्न सकिने जस्ता बहु आयामिक लाभहरू प्राप्त हुने बैंकका दिगो बैङ्किङ विकास विभागका प्रमुख अर्पण पौडेलले बताउँछन् ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ४ : २८ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्