महासचिवमा उम्मेदवारी दिएपछि सुरेन्द्र पाण्डे भन्छन् : दबाब होइन, विश्वासले निर्णय लिँदैछ « Khabarhub

महासचिवमा उम्मेदवारी दिएपछि सुरेन्द्र पाण्डे भन्छन् : दबाब होइन, विश्वासले निर्णय लिँदैछ


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा महासचिव पदका उम्मेदवार सुरेन्द्र पाण्डेले पार्टीभित्र लोकतान्त्रिक अभ्यास सशक्त सन्देश दिएको बताएका छन्।

महाधिवेशनस्थलको वातावरणप्रति सन्तुष्टि व्यक्त गर्दै पाण्डेले चुनावी प्रक्रियाले पार्टीको माहोल नै परिवर्तन गरिदिएको उल्लेख गरे।

अहिले एमालेभित्र खुला छलफल भइरहेको छ, फरक मतहरू आत्मविश्वासका साथ व्यक्त भइरहेका उनले बताए । कार्यकर्तामा देखिएको उत्साहले पार्टी जीवित रहँदै जागेको प्रमाणित गर्ने उनले बताए।

‘यहाँ डर होइन, विवेकले बोलिरहेको छ। दबाब होइन, विश्वासले निर्णय लिँदैछ,’ पाण्डेले भने।

उनले यो अवस्था कुनै एक व्यक्ति पक्ष वा विपक्षमा उभिने क्षण नभई पार्टीको सामूहिक भविष्यप्रतिको जिम्मेवारीसँग जोडिएको क्षण भएको स्पष्ट पारे।

पाण्डेले हजारौँ कार्यकर्ताको स्वविवेकबाट बनेको यही वातावरण नै एमालेको वास्तविक शक्ति भएको उल्लेख गर्दै यस किसिमको लोकतान्त्रिक मूल्यलाई जोगाएर अघि बढ्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ४ : ०६ बजे

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

महेन्द्रनगर– बसको ठक्करबाट यहाँ एक जना पैदलयात्रीको मृत्यु भएको छ

६ दशक कांग्रेसमा बिताएका छायारामको निचोड- जहाँ रुख-चारतारा त्यतै भरोसा

काठमाडौं – स्याङजा भिरकोट नगरपालिकाका पूर्वप्रमुख छायाराम खनाल नेपाली कांग्रेसलाई

सिरहाको गोसाइँ डाँडा ताल : पर्यापर्यटनको सङ्गम

सिरहा– चुरे क्षेत्रको प्राकृतिक सौन्दर्य, जलसंरक्षण र स्थानीय रोजगारीलाई एउटै

आईसीसी ग्लोबल छनोट : अभ्यास खेलमा अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं – आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत शुक्रबार

इरानका विषयमा इस्लामिक देश किन विभाजित छन् ?

तेहरान– इरानलाई लिएर इस्लामिक देशहरूबीच देखिएको गहिरो विभाजनको पछाडि धार्मिकभन्दा