फास्ट एन्ड फ्युरियस-११ मा क्रिस्टियानो रोनाल्डो डेब्यू सम्भावना कति ?  « Khabarhub

फास्ट एन्ड फ्युरियस-११ मा क्रिस्टियानो रोनाल्डो डेब्यू सम्भावना कति ? 


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वप्रसिद्ध फुटबल स्टार क्रिस्टियानो रोनाल्डो हलिउडको चर्चित एक्सन फिल्म फ्रान्चाइज फास्ट एन्ड फ्युरियसको आगामी सिक्वेलमा देखिन सक्ने चर्चा चुलिएको छ ।

फिल्मका मुख्य अभिनेता तथा निर्माता विन डिजेलले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा रोनाल्डोसँगको तस्बिर सार्वजनिक गर्दै उनको सम्भावित हलिउड डेब्यूबारे संकेत गरेका हुन्। उक्त पोस्टमा डिजेलले रोनाल्डोका लागि विशेष भूमिका तयार गरिएको बताएका छन् ।

डिजेलले क्याप्सनमा लेखेका छन्, ‘सबैले सोधिरहेका छन्—के उनी फास्ट मिथोलोजीमा देखिनेछन् ? हामीले उनको लागि एउटा भूमिका लेखेका छौँ ।’ यसपछि रोनाल्डो फिल्ममा देखिने सम्भावनाबारे फ्यानहरूबीच चासो बढेको छ। यद्यपि, फास्ट एन्ड फ्युरियस ११ मा आफ्नो सहभागिताबारे रोनाल्डोले अहिलेसम्म आधिकारिक पुष्टि भने गरेका छैनन् ।

यसैबीच, अभिनेता विन डिजेलले एक अन्तर्वार्तामा दिवंगत अभिनेता पल वाकरको चर्चित चरित्र ब्रायन ओ’कोनर आगामी फिल्मको कथामा पुनः देखिन सक्ने संकेत दिएका छन् । 

अभिनेता पल वाकरको सन् २०१३ नोभेम्बर ३० मा कार दुर्घटनामा निधन भएको थियो। उनी त्यस समयमा फास्ट एन्ड फ्युरियस ७ को छायांकनमा संलग्न थिए । 

फिल्म फास्ट एन्ड फ्युरियस ११ सन् २०२७ को अप्रिलमा रिलिज हुने तयारीमा छ । यसै बिच फ्यानहरूमा उत्साह बढेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ४ : ४१ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग