प्रदीप ज्ञवालीले छाडे महाधिवेशनस्थल, पृथ्वी सुब्बाले भने : उनलाई महासचिव नदिने भए म पनि उम्मेदवारी दिन्नँ « Khabarhub

प्रदीप ज्ञवालीले छाडे महाधिवेशनस्थल, पृथ्वी सुब्बाले भने : उनलाई महासचिव नदिने भए म पनि उम्मेदवारी दिन्नँ


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशन चलिरहँदा अध्यक्ष केपी शर्मा ओली समूहबाट एकपछि अर्को नेताले विद्रोह गर्न थालेका छन् ।

खासगरी महासचिव पदका लागि सुरू भएको कलह अझै सकिएको छैन । महासचिवका दाबेदार प्रदीप ज्ञवालीले यो विवादका कारण बिहानै गुण्डुमा बसेको बैठकस्थल छाडेका थिए ।

ओली समूहले उपाध्यक्ष पदमा राखेका ज्ञवालीले अब भृकुटीमण्डपस्थित महाधिवेशनस्थल पनि छाडेका छन् ।

ओली पक्षबाट पदाधिकारी दाबेदारहरूबीचको विवाद नथामिँदा ईश्वर पोखरेल पक्ष उत्साहित भएको छ।

महासचिव पद नपाए कुनै पदमा नउठ्ने घोषणा चार दिनअघि नै गुण्डुमा गरेका उपमहासचिव ज्ञवाली भृकुटीमण्डपबाट बाहिरिएका हुन् ।

ज्ञवालीलाई फकाउन अध्यक्ष ओलीले उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव विष्णु रिमाल र पृथ्वी सुब्बा गुरुङ लगाएका थिए ।

तर शंकर पोखरेललाई महासचिव बनाइएपछि असन्तुष्ट पौडेल र गुरुङले ज्ञवालीलाई साथ दिएका छन् ।

यो विवादमा उपाध्यक्षमा राखिएका वर्तमान उपमहासचिव गुरूङले यदि ज्ञवालीलाई महासचिव नदिने भए आफूले पनि मनोनयन दर्ता नगर्ने चेतावनी ओलीलाई दिएका छन् ।

ज्ञवालीले महासचिव पदमा जान नपाए केन्द्रीय सदस्य मात्रै बस्ने यसअघि बताएका थिए । तर अब उनले त्यस पदमा पनि नबस्ने भनेर भृकुटीमण्डप छाडेका छन् ।

यो विवादमा ज्ञवालीलाई साथ दिँदै गुरुङले आफूले पनि कुनै पदमा उम्मेदवारी नदिने चेतावनी ओलीलाई दिएका छन् । ‘यदि प्रदीप ज्ञवालीलाई बोलाएर महासचिव पदमा उम्मेदवारी नदिलाउने भए म पनि कुनै पदमा उम्मेदवारी दिन्नँ’, ओलीसँग उनको भनाइ उद्धृत गर्दै प्रत्यक्षदर्शी एक नेताले भने ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ४ : २७ बजे

टी–२० विश्वकप : वेस्ट इन्डिजको विशाल जित, जिम्बाब्वे १०७ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा वेस्ट इन्डिजले

साम्बाको उपचार निःशुल्क गरिदिने काठमाडौँ मेडिकल कलेजको घोषणा

काठमाडौं – काठमाडौँ मेडिकल कलेजले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान

दुई दर्जन कारण देखाउँदै एमालेले माग्यो ईश्वर पोखरेललाई माग्यो भोट

काठमाडौँ– काठमाडौं निर्वाचन क्षेत्र नंम्बर ५ मा उम्मेदवार रहेका एमाले

शेखर कोइराला भन्छन् : कांग्रेसले जितेमात्रै धर्म–संस्कृति जोगिन्छ

मोरङ – नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नंं ६

सुशासन र परिणाममुखी काम अबको आवश्यकता : कुलमान घिसिङ

सुनसरी – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशमा सुशासन