ओलीका यी विश्वासपात्रहरूको विद्रोहले पोखरेल समूह उत्साहित « Khabarhub

ओलीका यी विश्वासपात्रहरूको विद्रोहले पोखरेल समूह उत्साहित


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भदौमा भएको दोस्रो विधान महाधिवेशनको निर्णय उल्ट्याउँदै पदाधिकारी संख्या १९ पुर्‍याउँदा पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहमा देखिएको कलह अब विद्रोहसम्म पुगेको छ।

उक्त समूहमा महासचिव पदलाई लिएर सुरू भएको कलह अन्य पदमा पनि सर्न थालेपछि एकपछि अर्को नेताले विद्रोह गर्न थालेका छन् ।

ओली पक्षबाट पदाधिकारी दाबेदारहरूबीचको विवाद गुण्डुबाट भृकुटीमण्डपसम्ममै पोखिँदा अध्यक्षका दाबेदार ईश्वर पोखरेल पक्ष उत्साहित भएको छ।

महासचिव पद नपाए कुनै पदमा नउठ्ने घोषणा चार दिनअघि नै गुण्डुमा गरेका उपमहासचिव ज्ञवाली अहिले भृकुटीमण्डपबाट बाहिरिएका छन् । ओली समूहको प्यानलमा उपाध्यक्ष पदमा राखिएका ज्ञवाली महाधिवेशनस्थल छाडेर घर पुगेका छन् ।

ज्ञवालीलाई फकाउन अध्यक्ष ओलीले उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव विष्णु रिमाल र पृथ्वी सुब्बा गुरुङ लगाएका थिए । तर उनले आफू कुनै हालतमा महासचिव पदमा उठ्ने अड्डी कसेका छन् ।

ओलीले शंकर पोखरेललाई महासचिवमा दोहोर्‍याउने निर्णय गरेपछि असन्तुष्ट पौडेल र गुरुङले ज्ञवालीलाई साथ दिएका छन् । गुण्डुबाट बिहानै असन्तुष्टिसहित बाहिरिएका उनले अब भृकुटीमण्डप पनि छाडेका छन् । ज्ञवालीले अब केन्द्रीय सदस्यमा पनि उम्मेदवारी नदिने भन्दै महाधिवेशनस्थलबाट बाहिरिएका छन् ।

यस विवादमा ज्ञवालीलाई साथ दिँदै उपाध्यक्षमा राखिएका गुरुङले आफूले पनि कुनै पदमा उम्मेदवारी नदिने चेतावनी ओलीलाई दिएका छन् ।

‘यदि प्रदीप ज्ञवालीलाई बोलाएर महासचिव पदमा उम्मेदवारी नदिलाउने भए म पनि कुनै पदमा उम्मेदवारी दिन्नँ’, ओलीसँग उनको भनाइ उद्धृत गर्दै प्रत्यक्षदर्शी एक नेताले भने ।

अर्कातिर ओलीका विश्वासपात्रमध्ये एक राजेन्द्र गौतमले पनि सचिव पदमा टिकट नपाएपछि विद्रोह गरेका छन् । उनले अब आफू स्वतन्त्र भएको भन्दै कुनै प्यानलमा नबसी उपमहासचिवमा उम्मेदवारी दिएका छन् । उनी अहिले संखुवासभाका नेता कार्यकर्तालाई भेला पारेर ओलीले धोका दिएको भन्दै गुनासो गरिरहेका छन् ।

उता ओलीले यसअघि शिक्षामन्त्री बनाएका नेता रघुजी पन्तले पनि उपाध्यमा उम्मेदवारी दिएका छन् । उले ओली समूह छाडेर उनले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन् ।

ओलीले आफूलाई नसमेटेछि उनले पोखरेल समूहमा मिसिने तयारी गरेका हुन् । उपाध्यक्षमा टिकट नदिएपछि पन्तले ओलीलाई छाडेर पोखरेल समूहको यात्रा गरेका हुन् ।

अध्यक्ष ओलीनिकट नेता कृष्णगोपाल श्रेष्ठ पनि ईश्वर समूहमा मिसिने भएका छन् । आफूलाई अपमान र अन्याय गरिएको भन्दै उनी पोखरेल समूहबाट सचिवमा उठ्दैछन्।

कुनैशेला शिक्षामन्त्री हुँदा श्रेष्ठले दिएको उनको अभिव्यक्ति भाइरल भएको थियो । ‘ओलीलाई सडकमा ल्याउने कोही माइकालाल छ ? केपी ओली फुटबलको पेले हो’, उनले भनेका थिए ।

उनी आफूलाई बागमती प्रदेश इन्चार्ज नबनाएकोमा रिसाएका थिए । उनी २०७९ को चुनावमा काठमाडौंमा जित्ने एक्लो सांसद हुन् । तर ओलीले मन्त्री बनाएनन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता रोक्दा पनि उनी ओलीसँग रिसाएका थिए ।

अर्कातिर झापा निवासी ‌ओलीका विश्वासपात्रमध्ये एक अग्नि खरेलले पनि विद्रोह गरेका छन् । उनले स्वतन्त्र रूपमा सचिव पदमा उम्मेदवारी दिएका छन् ।

उनले केपी शर्मा ओली पक्षबाट सचिवमा दाबी गरे पनि पाएनन् । ओली प्यानलमा नपरेपछि स्वतन्त्र उम्मेदवारी दिएका उनी मंगलबार ईश्वर पोखरेल समूहको सम्पर्क कार्यालयमै पुगेका थिए ।

ओलीले पद्मा अर्याल, छविलाल विश्वकर्मा, खगराज अधिकारी, यामलाल कँडेल, शेरधन राई, हिक्मत कार्की, महेश बस्नेत, भानुभक्त ढकाल र राजन भट्टराई उम्मेदवार भएका छन् ।

नेता खरेल ओलीका विश्वासपात्रका रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीको विज्ञ सल्लाहकार बनेका थिए । उनलाई ओलीले नै कानुनमन्त्रीसमेत बनाए। त्यससँगै उनलाई ओलीले नै आफू प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता बनाए ।

खरेल २०७४ फागुन ८ गते महान्यायाधिवक्ता बनेका थिए । त्यसपछि २०७७ चैत ६ गते राजीनामा दिएका थिए । ओलीले गरेको प्रतिनिधिसभा विघटनको प्रतिरक्षा गर्न नसकेको भन्दै राजीनामा गर्न लगाएका थिए ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ५ : ०४ बजे

विवाईडी डल्फिनको विश्वव्यापी बिक्री १० लाख नाघ्यो

काठमाडौं– ईभी निर्माता चिनियाँ कम्पनी विवाईडीले उत्पादन गरेको विद्युतीय सवारी

पछिल्लो २४ घण्टामा आगलागीका २२ घटना, दुईको मृत्यु

काठमाडौं– पछिल्ला २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको

संकटका सारथी प्रदीप ज्ञवालीको विद्रोहले केपी ओलीलाई संकट

काठमाडौं- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू अबको

युक्रेन शान्ति वार्तामा युरोपको समर्थन

एजेन्सी– अमेरिकी पक्षबाट अमेरिका–मध्यस्थतामा अघि सारिएको शान्ति सम्झौता छिटो स्वीकार