थाइल्यान्डमा आम चुनावको मिति फेब्रुअरी–८ लाई तोकियो « Khabarhub

थाइल्यान्डमा आम चुनावको मिति फेब्रुअरी–८ लाई तोकियो


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– थाइल्यान्डमा आगामी फेब्रुअरी–८ मा आम चुनावको मिति तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलहरूले यस वर्षको अन्त्य अघि प्रधानमन्त्रीका लागि आफ्ना उम्मेदवारहरूको नाम सूचिकृत गर्नु पर्ने आयोगले जनाएको छ । 

निर्वाचन आयोगले परिस्कृत निर्वाचन विवरणको मस्यौदा तयार पारी प्रक्रिया पुरा गरेर सन् २०२६ फेब्रुअरी–८ आइतबार चुनाव गराउने सहमति जुटाएको आयोगले एक विज्ञप्ति मार्फत जनाएको छ । 

चुनावको लागि अग्रिम मतदान फेब्रुअरी – १ मा हुने जनाइएको छ । रूढिवादी भूमजाइथाई पार्टीका प्रधानमन्त्री अनुतीन चार्नविराकुलले सेप्टेम्बरमा आफ्ना पूर्ववर्तीलाई नैतिकता उल्लङ्घनका कारण हटाइए पछि पदभार ग्रहण गरेका थिए ।

उनले शुक्रबार संसद् विघटन गरी राष्ट्रिय चुनावको लागि मार्ग प्रशस्त गरेका छन् भने जुन थाई कानून अन्तर्गत विघटन पछि ४५ देखि ६० दिनको बीचमा चुनाव हुने व्यवस्था छ । 

यो कदम थाइल्यान्ड र कम्बोडियाबिचको दशकौं लामो सीमा विवादबाट उत्पन्न भएको द्वन्द्वको रूपमा आएको छ, यस महिना जारी सैन्य झडपमा कम्तिमा ३१ जनाको मृत्यु भएको छ भने करिब आठ लाख विस्थापित भएका छन् ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ४ : ५४ बजे

बालेन सरकारको निर्णय : स्नातकसम्म पढ्न नागरिकता नचाहिने

काठमाडौँ – सरकारले शिक्षा क्षेत्रको संरचनात्मक सुधारका लागि स्नातक तहसम्मको

बाढीले अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा

काभ्रे– शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

म्याग्दी– पोखराका पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी कालीगण्डकी नदीमा

रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति