चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र « Khabarhub

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार गत कात्तिक मसान्तसम्ममा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति एक दशमलव ११ प्रतिशत रहेको छ ।

यो अवधिसम्ममा कूल विदेशी विनिमय सञ्चिति ३० खर्ब ५५ अर्ब ५२ करोड रहेको छ । अमेरिकी डलरमा उक्त सञ्चिति २१ अर्ब ५२ करोड बराबर हो हालको विदेशी विनिमय सञ्चितिले १७ दशमलव ४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।

 गत कात्तिक मसान्तसम्ममा चालु खाता रु दुई खर्ब ७९ अर्ब ६५ करोड र शोधनान्तर रु तीन खर्ब १८ अर्ब ४० करोड बचतमा रहेको छ ।

पहिलो चौमासिकमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा

३१ दशमलव ४ प्रतिशतले र अमेरिकी डलरमा २५ दशमलव ३ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको कात्तिक महिनाको विप्रेषण आप्रवाह रु एक खर्ब ३३ अर्ब ८२ करोड रहेको छ ।

यही अवधिमा निर्यात ७७ दशमलव ५ प्रतिशतले बढेर रू ९३ अर्ब ५० करोड बराबर पुगेको छ । त्यस्तै आयात १८ दशमलव ७ प्रतिशतले बढेर रू छ खर्ब नौ अर्ब ४५ करोड पुगेको पनि राष्ट्र बैंकले जनाएको छ ।

पहिलो चौमासिकमा नेपाल सरकारको खर्च रु चार खर्ब ६८ अर्ब ८८ करोड र राजस्व परिचालन रु तीन खर्ब २६ अर्ब ५५ करोड रहेको छ । यही अवधिमा विस्तृत मुद्राप्रदाय तीन प्रतिशतले बढेको छ । कात्तिक मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन तीन दशमलव एक प्रतिशत अर्थात् रू दुई खर्ब २२ अर्ब ३८ करोडले बढेर रू ७४ खर्ब ८६ अर्ब २५ करोड पुगेको छ । त्यस्तै निजी क्षेत्रमा प्रवाहित कर्जा एक दशमलव दुई प्रतिशत अर्थात् रू ६५ अर्ब चार करोडले बढेर रू ५५ खर्ब ६२ अर्ब ७५ करोड पुगेको छ ।

वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३ दशमलव चार प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६ दशमलव नौ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । यो अवधिसम्ममा बैंक तथा वित्तीय संस्थाबीचको भारित औसत अन्तरबैंक दर दुई दशमलव ७५ प्रतिशत र ९१ दिन अवधि भएको ट्रेजरी बिलको भारितऔसत ब्याजदर दुई दशमलव ३७ प्रतिशत रहेको छ ।

वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर तीन दशमलव ७४ प्रतिशत र कर्जाको भारितऔसत ब्याजदर सात दशमलव ३८ प्रतिशत रहेको छ ।
 

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ५ : ०० बजे

विवाईडी डल्फिनको विश्वव्यापी बिक्री १० लाख नाघ्यो

काठमाडौं– ईभी निर्माता चिनियाँ कम्पनी विवाईडीले उत्पादन गरेको विद्युतीय सवारी

पछिल्लो २४ घण्टामा आगलागीका २२ घटना, दुईको मृत्यु

काठमाडौं– पछिल्ला २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको

संकटका सारथी प्रदीप ज्ञवालीको विद्रोहले केपी ओलीलाई संकट

काठमाडौं- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू अबको

युक्रेन शान्ति वार्तामा युरोपको समर्थन

एजेन्सी– अमेरिकी पक्षबाट अमेरिका–मध्यस्थतामा अघि सारिएको शान्ति सम्झौता छिटो स्वीकार