चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र « Khabarhub

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार गत कात्तिक मसान्तसम्ममा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति एक दशमलव ११ प्रतिशत रहेको छ ।

यो अवधिसम्ममा कूल विदेशी विनिमय सञ्चिति ३० खर्ब ५५ अर्ब ५२ करोड रहेको छ । अमेरिकी डलरमा उक्त सञ्चिति २१ अर्ब ५२ करोड बराबर हो हालको विदेशी विनिमय सञ्चितिले १७ दशमलव ४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।

 गत कात्तिक मसान्तसम्ममा चालु खाता रु दुई खर्ब ७९ अर्ब ६५ करोड र शोधनान्तर रु तीन खर्ब १८ अर्ब ४० करोड बचतमा रहेको छ ।

पहिलो चौमासिकमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा

३१ दशमलव ४ प्रतिशतले र अमेरिकी डलरमा २५ दशमलव ३ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको कात्तिक महिनाको विप्रेषण आप्रवाह रु एक खर्ब ३३ अर्ब ८२ करोड रहेको छ ।

यही अवधिमा निर्यात ७७ दशमलव ५ प्रतिशतले बढेर रू ९३ अर्ब ५० करोड बराबर पुगेको छ । त्यस्तै आयात १८ दशमलव ७ प्रतिशतले बढेर रू छ खर्ब नौ अर्ब ४५ करोड पुगेको पनि राष्ट्र बैंकले जनाएको छ ।

पहिलो चौमासिकमा नेपाल सरकारको खर्च रु चार खर्ब ६८ अर्ब ८८ करोड र राजस्व परिचालन रु तीन खर्ब २६ अर्ब ५५ करोड रहेको छ । यही अवधिमा विस्तृत मुद्राप्रदाय तीन प्रतिशतले बढेको छ । कात्तिक मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन तीन दशमलव एक प्रतिशत अर्थात् रू दुई खर्ब २२ अर्ब ३८ करोडले बढेर रू ७४ खर्ब ८६ अर्ब २५ करोड पुगेको छ । त्यस्तै निजी क्षेत्रमा प्रवाहित कर्जा एक दशमलव दुई प्रतिशत अर्थात् रू ६५ अर्ब चार करोडले बढेर रू ५५ खर्ब ६२ अर्ब ७५ करोड पुगेको छ ।

वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३ दशमलव चार प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६ दशमलव नौ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । यो अवधिसम्ममा बैंक तथा वित्तीय संस्थाबीचको भारित औसत अन्तरबैंक दर दुई दशमलव ७५ प्रतिशत र ९१ दिन अवधि भएको ट्रेजरी बिलको भारितऔसत ब्याजदर दुई दशमलव ३७ प्रतिशत रहेको छ ।

वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर तीन दशमलव ७४ प्रतिशत र कर्जाको भारितऔसत ब्याजदर सात दशमलव ३८ प्रतिशत रहेको छ ।
 

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ५ : ०० बजे

निर्वाचन आउन नौ दिन बाँकीः आचारसंहितामा कडाइ गर्दै आयोग

काठमाडौं – निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल फागुन १२ गते  मंगलबार  फागुन

आज २०८२ साल फागुन १२ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल फागुन १२ गते  मंगलबार  फागुन

टी–२० विश्वकप : वेस्ट इन्डिजको विशाल जित, जिम्बाब्वे १०७ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा वेस्ट इन्डिजले