ओलीलाई पेलेको उपमा दिने कृष्णगोपाललाई गुण्डुको ‘रातोकार्ड’, जोडिए पोखरेल समूहतिर « Khabarhub

ओलीलाई पेलेको उपमा दिने कृष्णगोपाललाई गुण्डुको ‘रातोकार्ड’, जोडिए पोखरेल समूहतिर

श्रीमती भने ओलीकै प्यानलबाट केन्द्रीय सदस्यकी उम्मेदवार


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली समूह तितरबितर हुने अवस्था आएको छ।

ओलीका विश्वासपात्रहरूले धमाधम विद्रोह गर्न थालेका छन् । त्यसको फाइदा अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेललाई पुगेको छ।

कुनै बेला ओलीका प्रतिबद्ध कार्यकर्ता मानिने कृष्णगोपाल श्रेष्ठ पनि पोखरेल समूहमा गएर सचिव पदका उम्मेदवार बनेका छन्। यस कदमले महाधिवेशनमा पोखरेल समूह हौसिएको छ।

ओलीका कट्टर समर्थक रहेका श्रेष्ठ लामो समयसम्म संस्थापनमा थिए । तत्कालीन एमालेमा अशोक राईसहितका जनजाति नेताहरूले पार्टी छोड्दा पनि श्रेष्ठ र शेरधन राईहरू ओली समूहमै उभिए । उनी अशोक राईसहितका नेताहरूका चर्का आलोचक थिए ।

ओली प्रधानमन्त्री हुँदाको समयमा श्रेष्ठलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनाए । तर श्रेष्ठले त्यसबेला त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा ओलीलाई महान् फुटबलर पेलसँग तुलना गर्दै प्रशंसा गरेका थिए।

अध्यक्ष ओलीनिकट नेता कृष्णगोपाल श्रेष्ठ पनि ईश्वर समूहमा मिसिने भएका छन् । आफूलाई अपमान र अन्याय गरिएको भन्दै उनी पोखरेल समूहबाट सचिवमा उठ्दैछन्।

शिक्षामन्त्री हुँदा श्रेष्ठले दिएको उनको अभिव्यक्ति भाइरल भएको थियो । ‘ओलीलाई सडकमा ल्याउने कोही माइकालाल छ ? केपी ओली फुटबलको पेले हो’, उनले भनेका थिए ।

तर ओलीलाई पेले भन्ने श्रेष्ठ अहिले उनैलाई छाडेर पोखरेल समूहमा मिसिएका छन्। २०७८ सालमा चितवनमा भएको दशौँ महाधिवेशनबाट उनी स्थायी कमिटी सदस्य भएका थिए । श्रेष्ठ पछिल्लो समय विद्या भण्डारीसँग पनि निकट थिए ।

उनी आफूलाई एमाले बागमती प्रदेश इन्चार्ज नबनाएकोमा रिसाएका थिए । उनी २०७९ को चुनावमा काठमाडौंमा जित्ने एक्ला सांसद पनि हुन् । तर ओलीले मन्त्री बनाइदिएनन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता रोक्दा पनि उनी ओलीसँग रिसाएका थिए ।

अर्कातिर उनकी श्रीमती बीना श्रेष्ठ ओली समूहमै छिन् । उनी राजधानी विशेष प्रदेशबाट केन्द्रीय सदस्यको प्रतिस्पर्धामा उभिएकी छन् । कृष्णगोपाल र बीना दुई प्यानलमा उभिएको घटना महाधिवेशन प्रतिनिधिको चासो बनेको छ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ५ : ०८ बजे

टी–२० विश्वकप : वेस्ट इन्डिजको विशाल जित, जिम्बाब्वे १०७ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा वेस्ट इन्डिजले

साम्बाको उपचार निःशुल्क गरिदिने काठमाडौँ मेडिकल कलेजको घोषणा

काठमाडौं – काठमाडौँ मेडिकल कलेजले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान

दुई दर्जन कारण देखाउँदै एमालेले माग्यो ईश्वर पोखरेललाई माग्यो भोट

काठमाडौँ– काठमाडौं निर्वाचन क्षेत्र नंम्बर ५ मा उम्मेदवार रहेका एमाले

शेखर कोइराला भन्छन् : कांग्रेसले जितेमात्रै धर्म–संस्कृति जोगिन्छ

मोरङ – नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नंं ६

सुशासन र परिणाममुखी काम अबको आवश्यकता : कुलमान घिसिङ

सुनसरी – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशमा सुशासन