ओलीले नपत्याएपछि लालबाबुले एक्लै दिए सचिवमा उम्मेदवारी « Khabarhub

ओलीले नपत्याएपछि लालबाबुले एक्लै दिए सचिवमा उम्मेदवारी


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


717
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यको सूचीमा राखेका लालबाबु पण्डितले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।

उता केन्द्रीय सदस्यको सूचीमै रहेका ओलीका अर्का विश्वासपात्र अग्नि खरेलले पनि स्वतन्त्र रुपमा सचिवमा उम्मेदवारी दिएका छन्।

उनीहरू दुवैजनाले कुनै हालतमा पछि नहट्ने बताए । लालबाबु पण्डितले आफूलाई उपेक्षा गरिएको भन्दै सचिवमा उम्मेदवारी दिएको जानकारी गराएका छन्।

दुवै नेताहरूलाई एमालेलाई समृद्ध र खुसी बनाउनका लागि सचिवमा उम्मेदवारी दिएको बताए । एकताबद्ध एमाले बनाउन आफूहरूले काम गर्ने दाबी पनि उनीहरूले गरेका छन्।

दुवै जनाले आफूलाई अध्यक्ष ओलीले पदाधिकारीमा नपत्याएकोमा चित्त दुखाएका छन् । उनीहरूले आफूहरूलाई नसोधी केन्द्रीय सदस्यमा राखेको बताएका छन् ।

खरेलले हरेकजसो राजनीतिक परिवर्तन राजनीतिक घटनाक्रमहरूमा ओलीलाई साथ दिएका थिए । उता पण्डित पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई रोक्ने ओलीको निर्णयको खुलेर बचाउमा उत्रिएका थिए । पूर्वराष्ट्रपतिका कडा आलोचक उनलाई पनि ओली नपत्याएपछि सचिवमा उम्मेदवारी दिए ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ५ : २४ बजे

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

महेन्द्रनगर– बसको ठक्करबाट यहाँ एक जना पैदलयात्रीको मृत्यु भएको छ

६ दशक कांग्रेसमा बिताएका छायारामको निचोड- जहाँ रुख-चारतारा त्यतै भरोसा

काठमाडौं – स्याङजा भिरकोट नगरपालिकाका पूर्वप्रमुख छायाराम खनाल नेपाली कांग्रेसलाई

सिरहाको गोसाइँ डाँडा ताल : पर्यापर्यटनको सङ्गम

सिरहा– चुरे क्षेत्रको प्राकृतिक सौन्दर्य, जलसंरक्षण र स्थानीय रोजगारीलाई एउटै

आईसीसी ग्लोबल छनोट : अभ्यास खेलमा अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं – आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत शुक्रबार

इरानका विषयमा इस्लामिक देश किन विभाजित छन् ?

तेहरान– इरानलाई लिएर इस्लामिक देशहरूबीच देखिएको गहिरो विभाजनको पछाडि धार्मिकभन्दा