ओलीले नपत्याएपछि लालबाबुले एक्लै दिए सचिवमा उम्मेदवारी « Khabarhub

ओलीले नपत्याएपछि लालबाबुले एक्लै दिए सचिवमा उम्मेदवारी


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


717
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यको सूचीमा राखेका लालबाबु पण्डितले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।

उता केन्द्रीय सदस्यको सूचीमै रहेका ओलीका अर्का विश्वासपात्र अग्नि खरेलले पनि स्वतन्त्र रुपमा सचिवमा उम्मेदवारी दिएका छन्।

उनीहरू दुवैजनाले कुनै हालतमा पछि नहट्ने बताए । लालबाबु पण्डितले आफूलाई उपेक्षा गरिएको भन्दै सचिवमा उम्मेदवारी दिएको जानकारी गराएका छन्।

दुवै नेताहरूलाई एमालेलाई समृद्ध र खुसी बनाउनका लागि सचिवमा उम्मेदवारी दिएको बताए । एकताबद्ध एमाले बनाउन आफूहरूले काम गर्ने दाबी पनि उनीहरूले गरेका छन्।

दुवै जनाले आफूलाई अध्यक्ष ओलीले पदाधिकारीमा नपत्याएकोमा चित्त दुखाएका छन् । उनीहरूले आफूहरूलाई नसोधी केन्द्रीय सदस्यमा राखेको बताएका छन् ।

खरेलले हरेकजसो राजनीतिक परिवर्तन राजनीतिक घटनाक्रमहरूमा ओलीलाई साथ दिएका थिए । उता पण्डित पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई रोक्ने ओलीको निर्णयको खुलेर बचाउमा उत्रिएका थिए । पूर्वराष्ट्रपतिका कडा आलोचक उनलाई पनि ओली नपत्याएपछि सचिवमा उम्मेदवारी दिए ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ५ : २४ बजे

इनिशा हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै संयुक्त नागरिक पार्टीको

काठमाडौं– इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कडा कारबाहीको माग गर्दै

‘कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर’ भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौं– भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक

स्वास्थ्य बीमाको सास्ती : अनुभवी मन्त्रीको प्रयासमा पनि फुकेन गाँठो

काठमाडौं- जेन-जी आन्दोलनपछिको विषम परिस्थिति सम्हाल्न गत भदौ २७ गते

नाइजेरियामा आत्मघाती आक्रमण : २३ जनाको मृत्यु, सयभन्दा बढी घाइते

एजेन्सी– उत्तरपूर्वी नाइजेरियामा भएको आत्मघाती आक्रमणमा २३ जनाको मृत्यु हुनुका

श्रीलंकामा इन्धन संकट, सरकारी कार्यालय बुधबार बन्द रहने

एजेन्सी– श्रीलंकाले देशमा देखिएको इन्धन अभाव व्यवस्थापन गर्न सरकारी क्षेत्रका