विवाईडी डल्फिनको विश्वव्यापी बिक्री १० लाख नाघ्यो « Khabarhub

विवाईडी डल्फिनको विश्वव्यापी बिक्री १० लाख नाघ्यो


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ईभी निर्माता चिनियाँ कम्पनी विवाईडीले उत्पादन गरेको विद्युतीय सवारी ‘डल्फिन’को विश्वव्यापी बिक्री १० लाख पुगेको छ । योसँगै विवाईडी डल्फिन चिनियाँ अटो बजारमा सबैभन्दा छिटो १० लाख युनिट बिक्रीको उपलब्धि हासिल गर्ने ह्याचब्याक ईभी बन्न सफल भएको छ ।

नेपालका लागि विवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले यो उपलब्धिलाई गर्वको क्षण भएको बताएको छ । 

‘विवाईडी डल्फिनले ह्याचब्याक सेग्मेन्टमा नयाँ परिभाषा स्थापित गरेको छ, सुरक्षित, स्मार्ट र वातावरणमैत्री सवारी खोज्ने नेपाली परिवारको पहिलो रोजाइमा डल्फिन बनेकामा हामीलाई निकै खुसी लागेको छ, हामी ईभी इकोसिस्टम विस्तार, उत्कृष्ट बिक्रीपछिको सेवा र नेपाललाई स्वच्छ गतिशीलतामा रूपान्तरण गर्ने यात्रामा निरन्तर साथ दिन प्रतिबद्ध छौँ’, कम्पनीले भनेको छ ।

कम्पनीका अनुसार विवाईडीले २०२६ का लागि नयाँ संस्करणको डल्फिन परीक्षण सुरु गरिसकेको छ । जुन हाल चीनमा विकास परीक्षणको चरणमा छ । प्रारम्भिक रिपोर्टहरूका अनुसार नयाँ संस्करणको डल्फिन डिजाइन र ड्राइभिङमा महत्वपूर्ण सुधार हुने अपेक्षा गरिएको छ ।

विश्वव्यापी रुपमा मात्रै विवाईडी डल्फिनको बिक्री नेपालमा पनि उल्लेख्य मात्रामा भइरहेको कम्पनीको भनाइ छ । 

साइमेक्स इंक प्रालिले नेपालमा सन् २०२३ सेप्टेम्बरमा डल्फिन सार्वजनिक गरेको थियो । डल्फिन नेपालमा सबैभन्दा धेरै बिक्री हुने विद्युतीय सवारीमा पहिलो स्थानमा छ ।

हाल नेपालका सडकमा २५०० भन्दा बढी डल्फिन गुडिरहेका छन् ।  

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ६ : ४७ बजे

मनास्लुको स्याउ गोदाममै थन्कियो

गोरखा– बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको मनास्लु

नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज शपथग्रहण गर्दै

काठमाडौँ– नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

म्याग्दी- ढाड दुख्ने समस्याबाट पीडित नवलपुर गैडाकोटका प्रदीप सुवेदी प्राकृतिक

दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

चितवन– दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय निकुञ्ज

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा