एमाले महाधिवेशनः युवा खुला केन्द्रीय सदस्यमा नरेश रोकायाको उम्मेद्वारी « Khabarhub

एमाले महाधिवेशनः युवा खुला केन्द्रीय सदस्यमा नरेश रोकायाको उम्मेद्वारी


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विद्यार्थी राजनीतिबाट उदाएका नरेश रोकायाले एमालेको ११ औं महाधिवेशनमा युवा खुला केन्द्रीय सदस्य पदका लागि उम्मेद्वारी दिएको छ ।

बाजुरामा जन्मिएर गण्डकीलाई राजनीतिक कर्मभूमि बनाएका रोकायालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्राथमिकतामा राख्दै युवा खुला केन्द्रीय सदस्यमा अघि सारेका छन् । देशभरबाट मात्र दुई जनाको कोटा रहेको यो सूचीमा ओलीले उनलाई विश्वास गरेका हुन् ।

रोकायले बाजुराका सर्वाधिक विकट गाउँका विद्यालयदेखि शहरका सुविधासम्पन्न कलेजसम्म पुगेर अनेरास्ववियुमा अध्ययन, सिकाइ र प्रशिक्षण दिएको बताउँछन् । सोही यात्राले अनेरास्ववियु केन्द्रीय महासचिवसम्म पुर्‍याएको उनी विश्वास गर्दछन् ।

केन्द्रीय राजनीतिमा उनको उपस्थितिले पार्टीको केन्द्रीय राजनीतिमा युवाको आवाज, अनुभूति र चाहना सशक्त रूपमा प्रवेश गर्ने विश्वास समर्थकहरूको छ ।

उनी उमेर हदका कारण अखिल अध्यक्ष नबनी संगठनबाट विदा हुनुपरेको थियो । पार्टी नेतृत्वले उमेर हद लगाएर सक्षम युवा नेतृत्वलाई रोक लगाएको आरोपसमेत त्यसबेला उठेको थियो ।

नरेश रोकाया विद्यार्थी आन्दोलनका लागि मात्रै होइनन्, भोलिको पुस्ताका लागि आवश्यक राजनीतिक अनुहारका रुपमा चिनिन्छन् ।

नरेश जस्तो योग्य, सक्षम र वैचारिक स्पष्टता भएको युवा एमालेको मूलधार राजनीतिमा देखिनु पार्टी र पुस्ता दुवैका लागि गौरवको विषय हुने समर्थकहरू बताउँछन् ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ८ : ४४ बजे

ग्लोबल आइएमई बैंकको २०औँ साधारण सभा सम्पन्न, शेयरधनीको १० प्रतिशत लाभांश पारित

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारण सभा शुक्रबार

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत