एमाले महाधिवेशनः युवा खुला केन्द्रीय सदस्यमा नरेश रोकायाको उम्मेद्वारी « Khabarhub

एमाले महाधिवेशनः युवा खुला केन्द्रीय सदस्यमा नरेश रोकायाको उम्मेद्वारी


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विद्यार्थी राजनीतिबाट उदाएका नरेश रोकायाले एमालेको ११ औं महाधिवेशनमा युवा खुला केन्द्रीय सदस्य पदका लागि उम्मेद्वारी दिएको छ ।

बाजुरामा जन्मिएर गण्डकीलाई राजनीतिक कर्मभूमि बनाएका रोकायालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्राथमिकतामा राख्दै युवा खुला केन्द्रीय सदस्यमा अघि सारेका छन् । देशभरबाट मात्र दुई जनाको कोटा रहेको यो सूचीमा ओलीले उनलाई विश्वास गरेका हुन् ।

रोकायले बाजुराका सर्वाधिक विकट गाउँका विद्यालयदेखि शहरका सुविधासम्पन्न कलेजसम्म पुगेर अनेरास्ववियुमा अध्ययन, सिकाइ र प्रशिक्षण दिएको बताउँछन् । सोही यात्राले अनेरास्ववियु केन्द्रीय महासचिवसम्म पुर्‍याएको उनी विश्वास गर्दछन् ।

केन्द्रीय राजनीतिमा उनको उपस्थितिले पार्टीको केन्द्रीय राजनीतिमा युवाको आवाज, अनुभूति र चाहना सशक्त रूपमा प्रवेश गर्ने विश्वास समर्थकहरूको छ ।

उनी उमेर हदका कारण अखिल अध्यक्ष नबनी संगठनबाट विदा हुनुपरेको थियो । पार्टी नेतृत्वले उमेर हद लगाएर सक्षम युवा नेतृत्वलाई रोक लगाएको आरोपसमेत त्यसबेला उठेको थियो ।

नरेश रोकाया विद्यार्थी आन्दोलनका लागि मात्रै होइनन्, भोलिको पुस्ताका लागि आवश्यक राजनीतिक अनुहारका रुपमा चिनिन्छन् ।

नरेश जस्तो योग्य, सक्षम र वैचारिक स्पष्टता भएको युवा एमालेको मूलधार राजनीतिमा देखिनु पार्टी र पुस्ता दुवैका लागि गौरवको विषय हुने समर्थकहरू बताउँछन् ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ८ : ४४ बजे

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष