एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार « Khabarhub

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३ जना मात्रै महिलाको उम्मेदवारी परेको छ। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलबाट जम्मा तीनजना महिलाको मात्रै उम्मेदवारी परेको हो।

महिला समावेशिता र लैङ्गिक समानताको कुरा गर्दै आएका अध्यक्ष ओलीले भने सचिवमा मात्रै महिला उम्मेदवार उठाएका छन्। ओली समूहबाट सचिवमा पद्मा अर्याल नाम आउँदा उपाध्यक्षमा भने कुनै महिलाको नाम छैन।

यता ईश्वर पोखरेल पक्षले भने उपाध्यक्षमा बिन्दा पाण्डेलाई अगाडि सारेको छ। पोखरेल समूहले नै सचिवमा रचना खड्कालाई अगाडि सारेको छ।

यस अगाडिकी महिला उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले प्रतिस्पर्धा नगर्ने भनेपछि पोखरेल समूहले पाण्डेलाई अगाडि सारेको हो।

प्रारम्भिक सूचीहरू हेर्दा अहिलेसम्म पदाधिकारीमा ओली समूहले पद्माबाहेक अरुलाई उम्मेदवार बनाएको देखिँदैन।
यस अगाडिको सचिवालयमा भने अष्टलक्ष्मी शाक्य उपाध्यक्ष थिइन् भने अर्याल महिला सचिव थिइन्।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  १० : ५९ बजे

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली