तौलिया हप्तामा कति पटक धुनुपर्छ, स्वास्थ्यसँग के छ सम्बन्ध ? « Khabarhub

तौलिया हप्तामा कति पटक धुनुपर्छ, स्वास्थ्यसँग के छ सम्बन्ध ?


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तौलिया भनेपछि हामी सबै दिमागमा यसको प्रयोगको बारेमा आउँछ ।  सायद तपाईँले आज पनि तौलिया प्रयोग गर्नुभएको होला ।

तर तपाईँले प्रयोग गर्नुभएको तौलिया कत्तिको सफा थियो ? यसरी धेरै प्रयोग गरिने तौलिया हामी कत्तिको सफा गर्छौँ त ? हामी मध्ये धेरैले हप्तामा एक पटक तौलिया धुन्छौँ । के यो उचित हो त । हप्तामा एक पटक सफा गरेको तौलीले स्वास्थ्यमा केही असर पो गर्ला कि आज हामी यस लेखमा जानकारी गराउँछौँ ।

यस बारे क्याबिआई डिजिटल लाइब्रेरीले १०० जनामा ​​अध्ययन गरेको थियो । यसका अनुसार करिब एक तिहाइ मानिसले महिनामा एक पटक मात्रै तौलिया सफा गर्छन् ।

यसअघि बेलायतमा गरिएको एक सर्वेक्षणअनुसार ‘केही मानिसले वर्षमा एक पटक मात्रै तौलिया धुने स्वीकार गरेका थिए ।

यी अध्ययनहरूले के देखाउँछ भने तौलिया हाम्रो छालामा पाइने ब्याक्टेरियाले मात्र होइन, तर हाम्रो पेटमा पाइने ब्याक्टेरियाले पनि छिटो फोहोर वा दूषित हुन्छ ।

तस्बिर : गेटी इमेज

नुहाउँदा पनि ब्याक्टेरिया वा भाइरस हाम्रो शरीरमा रहिरहन्छ, र यो अचम्मको कुरा भने हैन जब हामी तौलियाले आफैलाई पुछ्छौँ, त्यस्ता धेरै ब्याक्टेरिया वा भाइरसहरू तौलियामा टाँसिन्छन् । र तौलियामा रहेको ब्याक्टेरिया अन्य ठाउँबाट पनि आउन सक्छ।

उदाहरणको लागी, जब तौलिया सुकाउनको लागी झुण्ड्याइएको छ, हावाका माध्यमबाट ब्याक्टेरिया टाँसिन सक्छन् । भने केही ब्याक्टेरिया त तौलिया धुन प्रयोग हुने पानीबाट पनि त्यसमा जम्मा हुन सक्छ ।

टोकुशिमा युनिभर्सिटीका शोधकर्ताहरूले एउटा अनुसन्धानमा पत्ता लगाएका छन् कि पानीमा रहेका धेरै ब्याक्टेरिया तौलिया र कपडामा जम्मा हुन्छन् । 

त्यस्तै अर्को मुख्य कुरा भनेको बाथरुममा तौलिया छोड्ने गर्दा पनि ब्याक्टेरिया जम्मा हुने सम्भावना रहन्छ । किनकि हरेक पटक फ्लस गर्दा शौचालयको ब्याक्टेरिया र परिवारका सदस्यको शरीरमा रहेको फोहोर बाथरुममा राखिएको तौलियामा टाँसिन्छ । तौलिया नियमित धोए पनि दुई महिनापछि कपासको तौलियाको फाइबरमा हुने ब्याक्टेरियाले कपडाको रङ धमिलो पार्छ । 
 
प्रोफेसर एलिजाबेथ स्कटले बीबीसीलाई बताउँछिन्, ‘हप्तामा एक पटक तौलिया धुने सल्लाह दिन्छिन् । यद्यपि, यो निश्चित नियम होइन।’

उनका अनुसार यदि कोही बिरामी छ भने, उसलाई बान्ता वा पखाला लागेमा आफ्नै तौलिया राख्नुपर्छ र यसलाई हरेक दिन धुनुपर्छ। 

उनी भन्छिन्, ‘तौलियालाई तातो पानी (४०-६० डिग्री सेल्सियस वा १०४-१४०फरेनहाइट) र धेरै घरका कपडाहरू भन्दा धेरै समय धुने समय चाहिन्छ । एन्टिमाइक्रोबियल डिटर्जेन्टहरू पनि प्रायः यसमा थपिन्छन् ।

तर बारम्बार तातो पानीले लुगा धुँदा पनि कपडामा हानी हुन्छ । तर तौलियामा रहेको ब्याक्टेरियालाई चिसो पानीले धुँदा इन्जाइम वा ब्लीच हालेर हटाउन सकिन्छ। -बीबीसी हिन्दीबाट साभार

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  ७ : ४५ बजे

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन

सामुदायिक रेडियो नै समुदायको आवाज हो : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सामुदायिक रेडियोहरू समुदाय केन्द्रित

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठ २९ र ३० मा

काठमाडौं– काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ को आयोजनामा आउँदो वर्ष

समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छ : मन्त्री घिसिङ

चितवन– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समाज परिवर्तन र