पुस महिनामा बढ्यो घरजग्गा कारोबार, मोरङमा सबैभन्दा धेरै « Khabarhub

पुस महिनामा बढ्यो घरजग्गा कारोबार, मोरङमा सबैभन्दा धेरै


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष (आव) को पुस महिनामा मंसिर महिनाको तुलनामा घरजग्गा कारोबार बढेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकअनुसार चालु आवको मंसिर महिनाको तुलनामा देशैभरि घरजग्गाको लिखत पारित सङ्ख्यामा ४ हजार ७७७ ले वृद्धि भएको हो ।

विभागका अनुसार पुस महिनामा देशैभर ४८ हजार १५६ वटा घरजग्गाको लिखत पारित भएको छ । जसबाट सरकारले १ अर्ब ६० करोड ८३ लाख २८ हजार पुँजीगत लाभकर र ४ अर्ब २५ करोड २२ लाख रूपैयाँ राजस्व आम्दानी गरेको छ । 

मंसिर महिनामा भएको घरजग्गाको लिखत पारितबाट सरकारले १ अर्ब ३१ करोड ६३ लाख पुँजीगत लाभकर आम्दानी गरेको थियो भने  ३ अर्ब ८७ करोड ४८ लाख रुपैयाँ राजस्व आम्दानी गरेको थियो ।

पुस महिनामा सबैभन्दा धेरै घरजग्गाको कारोबार मोरङ जिल्लामा भएको तथ्यांकले देखाएको छ । सो जिल्लाका तीन वटा मालपोत कार्यालयबाट सो महिनामा २९०४ वटा घरजग्गाको लिखत पारित भएको छ । पुस महिनामा सबैभन्दा कम मनाङ जिल्लामा जम्मा ३ वटा घरजग्गाको कारोबार भएको छ ।

सरकारले घरजग्गा कारोबारबाट चालु आवको साउन महिनामा १ अर्ब ३४ करोड ६९ लाख, भदौ महिनामा १ अर्ब १३ करोड १५ लाख, असोज महिनामा १ अर्ब ११ करोड ६२ लाख, कात्तिक महिनामा ९३ करोड ७७ लाख रुपैयाँ पुँजीगत लाभकर आम्दानी गरेको थियो ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  १ : १४ बजे

एमालेबाट काठमाडौं क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौँ क्षेत्र नं ५

कांग्रेसले टुङ्ग्यायो यी ३४ निर्वाचन क्षेत्रको उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार

सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता

सिरहा– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा चार लाख ५३

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार