‘हमास-इजरायल युद्धविराम आइतबारदेखि लागु हुन्छ’ « Khabarhub

‘हमास-इजरायल युद्धविराम आइतबारदेखि लागु हुन्छ’


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

दोहा– इजरायल र हमासबीचको युद्धविराम आइतबारदेखि लागु हुने भएको छ । 

कतारका प्रधानमन्त्री शेख खालिद बिन खलिफा बिन अब्दुलअजीज अल थानीका अनुसार आइतबारदेखि युद्धविराम लागु हुने बित्तिकै गाजामा खाद्यान्न र स्वास्थ्य सामाग्रीलगायतका समान बोकेका ट्रकहरू प्रवेश गर्न थाल्नेछन् ।

उनका अनुसार सो क्रममा हमासले ३३ बन्धकहरूलाई रिहा गर्नेछ भने र इजरायलले सयौँ प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने जनाइएको छ ।

सो सहमति पछि इजरायली मन्त्रीपरिषद्ले अनुमोदन गर्ने गरी तयारी सुरु भएको इजरायली मिडियाले जनाएका छन् । कतार र अमेरिकाको पहलमा यो युद्धविराम हुन लागेको हो ।

यो युद्धविराममा अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासन र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको सहकार्य भएको जनाइएको छ, यो युद्धविरामलाई विश्वभरबाट स्वागत गरिएको छ ।

संयुक्त राष्ट्र संघले सेवा र उद्धारका लागि ट्रकहरू तयार पारिएको जनाएको छ । युद्धविराम लागु हुने बित्तिकै थप सहायता ट्रकहरू गाज पट्टीमा प्रवेश गर्न सुरु गर्ने उसले जनाएको छ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  १ : ४१ बजे

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको