मेलिना राईले शुक्रबार विवाह गर्दै, को हुन् दुलहा ? « Khabarhub

मेलिना राईले शुक्रबार विवाह गर्दै, को हुन् दुलहा ?


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायिका मेलिना राई शुक्रबार विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले इलामका ध्रुव गुरुङसँग विवाह गर्न लागेकी हुन् ।

ध्रुव पेशाले ब्रिटिस आर्मी हुन् । उनको जन्म थलो इलाम हो । उनीहरूले छोटो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेको बुझिएको छ ।

उनीहरूले जातीय पोसाकमा इन्गेजमेन्ट गरेको गरेको तस्बिर पनि सार्वजनिक भएको छ ।

ध्रुवका आफन्तहरूले सामाजिक सञ्जालमा विवाहको लागि बधाई तथा शुभकामना दिएका छन् ।

धुव्रका मीत दाइ पर्ने इमालस्थित माईजोगमाई गाउँपालिकाका पूर्वअध्यक्ष जीतबहादुर राईले सामाजिक सञ्जालमा मेलिना र उनलाई विवाहको शुभकामना दिएका छन् ।

राईले खबरहबसँग भने, ‘विवाह भोलि हुने पक्का हो । भाइले विवाह गर्न लागेकाले मैले पनि सामाजिक सञ्जालमा शुभकामना दिएको छु ।’

यता मेलिनाको सामाजिक सञ्जालमा पनि विवाहको शुभकामना र बधाईका सन्देश आउन सुरु भएको छ ।उनीहरुले काठमााडौंमै विवाह गर्न लागेका हुन् ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  २ : २२ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको