मेलिना राईले शुक्रबार विवाह गर्दै, को हुन् दुलहा ? « Khabarhub

मेलिना राईले शुक्रबार विवाह गर्दै, को हुन् दुलहा ?


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायिका मेलिना राई शुक्रबार विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले इलामका ध्रुव गुरुङसँग विवाह गर्न लागेकी हुन् ।

ध्रुव पेशाले ब्रिटिस आर्मी हुन् । उनको जन्म थलो इलाम हो । उनीहरूले छोटो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेको बुझिएको छ ।

उनीहरूले जातीय पोसाकमा इन्गेजमेन्ट गरेको गरेको तस्बिर पनि सार्वजनिक भएको छ ।

ध्रुवका आफन्तहरूले सामाजिक सञ्जालमा विवाहको लागि बधाई तथा शुभकामना दिएका छन् ।

धुव्रका मीत दाइ पर्ने इमालस्थित माईजोगमाई गाउँपालिकाका पूर्वअध्यक्ष जीतबहादुर राईले सामाजिक सञ्जालमा मेलिना र उनलाई विवाहको शुभकामना दिएका छन् ।

राईले खबरहबसँग भने, ‘विवाह भोलि हुने पक्का हो । भाइले विवाह गर्न लागेकाले मैले पनि सामाजिक सञ्जालमा शुभकामना दिएको छु ।’

यता मेलिनाको सामाजिक सञ्जालमा पनि विवाहको शुभकामना र बधाईका सन्देश आउन सुरु भएको छ ।उनीहरुले काठमााडौंमै विवाह गर्न लागेका हुन् ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  २ : २२ बजे

अख्तियार विश्वास जगाउने संस्था हुनुपर्छ : कानुनमन्त्री गौतम

काठमाडौं- कानुनमन्त्री सोबिता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोग निष्पक्ष, स्वतन्त्र

नारेश्वर तालमा पानी जम्मा हुन सुरु

दमौली– नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको

आईजीलाई खगेन्द्रको चुनौती- मेरा कुराले मानमर्दन भए मुद्दा हाल्नू, कठघरामा उभिन तयार छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित

इरानका साझेदारलाई ट्रम्पको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार

गौमुलमा १० शय्याको अस्पताल सञ्चालनमा, चिकित्सक अभाव मुख्य चुनौती

बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ।