पुलिस क्लब बन्यो जय ट्रफीको च्याम्पियन « Khabarhub

पुलिस क्लब बन्यो जय ट्रफीको च्याम्पियन


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पुलिस क्लबले जय ट्रफी हात पारेको छ । त्रिभुवन आर्मी क्लबविरुद्ध २८ रनको जित निकाल्दै नेपाल पुलिस क्लबले जय ट्रफी पुरुष एलिट कपको च्याम्पियन भएको हो ।

वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार पुलिसले प्रस्तुत गरेको १०३ रनको लक्ष्य पछ्याएको आर्मी ७४ रनमा समेटन सफल भएको हो ।

आर्मीका लागि इम्रान शेखले २८, कप्तान विनोद भण्डारी र सोमपाल कामीले समान ११ रन बनाएका थिए भने पुलिसका सागर ढकालले ६ र ललितनाराण राजवंशीले चार विकेट लिएका छन् ।

पुलिस दोस्रो इनिङमा १३९ बनाएपछि आर्मीले १०३ रनको लक्ष्य प्राप्त गरेको थियो । १३२–९ को स्थितीमा तेस्रो दिनको सुरुआत गरेको पुलिसले ७ रन थाप्दा बाँकी एक विकेट गुमाउन विवश भयो । 

पुलिसका लागि कुशल भुर्तेल ४५, दिलिप नाथ ३४, राशिद खान १८ र अमीत श्रेष्ठले १३ रन जोडे भने आर्मीका लागि शाहब आलम र बसिर अहमदले समान पाँच विकेट लिएका थिए ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  २ : १९ बजे

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन

सामुदायिक रेडियो नै समुदायको आवाज हो : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सामुदायिक रेडियोहरू समुदाय केन्द्रित

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठ २९ र ३० मा

काठमाडौं– काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ को आयोजनामा आउँदो वर्ष