शेखरले बेलायतमा उठाए जलवायु परिवर्तन र भूपू गोर्खा सैनिकलाई विभेदको मुद्दा « Khabarhub

शेखरले बेलायतमा उठाए जलवायु परिवर्तन र भूपू गोर्खा सैनिकलाई विभेदको मुद्दा


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

लण्डन- बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बेलायती संसद्को नेपाल हेर्ने सर्वदलीय संसदीय समितिका अध्यक्ष अलेक्स बेकरसँग बिहीबार भेटघाट गरेका छन्।

१३ जनवरीमा बेलायती संसद् भवनभित्र आयोजना गरिएको विशेष कार्यक्रममा सम्बोधन गरेपछि भेटघाटलाई तीव्र पारेका कोइरालाले नेपालीसँग सम्वद्ध मुद्दा पनि उठाइरहेका छन् ।

यही क्रममा उनले बिहीबार लण्डनस्थित नेपाली राजदूतावासमा भएको भेटघाटमा बेकरसँग कोइरालाले विभिन्न तीन कुरामा जोड दिएका छन् ।

उनले बेलायती सैनिकमा सेवा गरेर अवकाश प्राप्त गोर्खाहरूको सेवा सुविधाका समस्या समाधान गर्न नेपाल हेर्ने समितिका अध्यक्ष अलेक्स बेकरलाई आग्रह गरेका छन् ।

त्यसैगरी लण्डन-काठमाडौं सिधा उडानको वातावरणका लागि पनि उनले बेलायती अधिकारीसँग आग्रह गरेका छन् । बेलायतमा हजारौँ नेपालीको बसोबास रहेकाले सिधा उडानले फाइदा पुग्ने उनले बताएका छन् ।

त्यसैगरी जलवायु परिवर्तनको मुद्दा पनि उनले बेलायती अधिकारीसँग उठाएका छन् । ‘जलवायु परिवर्तनका कारण नेपाल संकटमा छ, हिउँ पग्लेर हिमालहरू कुरुप बनिरहेका छन्’, उनले त्यसक्रममा भने, ‘जलवायु परिवर्तनका कारण नेपालले जुन क्षति व्यहोरिरहेको छ, त्यसका लागि नेपालले क्षतिपूर्ति पाउनुपर्छ। त्यसका लागि बेलायतको सहयोग नेपाललाई चाहिएको छ ।’

नेता कोइरालाका कुरा सुनिसकेपछि बेकरले आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता गरेकी छन् । यो भेटघाटमा बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडी पनि सहभागी थिए ।

शेखरले उठाएका तीन मुद्दा

१. भूपू गोर्खा सैनिकहरूको सेवा सुविधामा देखिएको समस्याको समाधान हुनुपर्ने ।
२. ब्रिटिस एअरवेजको लण्डन-काठमाडौं सिधा हवाई उडान हुनुपर्ने ।
३. जलवायु परिवर्तनका कारण नेपाल संकटमा छ । हिउँ पग्लेर हिमालहरू कुरुप बनिरहेका छन् । जलवायु परिवर्तनका कारण नेपालले जुन क्षति व्यहोरिरहेको छ, त्यसका लागि नेपालले क्षतिपूर्ति पाउनुपर्छ । त्यसमा बेलायतले नेपाललाई सहयोग गर्नुपर्छ ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  २ : ४६ बजे

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै