शेखरले बेलायतमा उठाए जलवायु परिवर्तन र भूपू गोर्खा सैनिकलाई विभेदको मुद्दा « Khabarhub

शेखरले बेलायतमा उठाए जलवायु परिवर्तन र भूपू गोर्खा सैनिकलाई विभेदको मुद्दा


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

लण्डन- बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बेलायती संसद्को नेपाल हेर्ने सर्वदलीय संसदीय समितिका अध्यक्ष अलेक्स बेकरसँग बिहीबार भेटघाट गरेका छन्।

१३ जनवरीमा बेलायती संसद् भवनभित्र आयोजना गरिएको विशेष कार्यक्रममा सम्बोधन गरेपछि भेटघाटलाई तीव्र पारेका कोइरालाले नेपालीसँग सम्वद्ध मुद्दा पनि उठाइरहेका छन् ।

यही क्रममा उनले बिहीबार लण्डनस्थित नेपाली राजदूतावासमा भएको भेटघाटमा बेकरसँग कोइरालाले विभिन्न तीन कुरामा जोड दिएका छन् ।

उनले बेलायती सैनिकमा सेवा गरेर अवकाश प्राप्त गोर्खाहरूको सेवा सुविधाका समस्या समाधान गर्न नेपाल हेर्ने समितिका अध्यक्ष अलेक्स बेकरलाई आग्रह गरेका छन् ।

त्यसैगरी लण्डन-काठमाडौं सिधा उडानको वातावरणका लागि पनि उनले बेलायती अधिकारीसँग आग्रह गरेका छन् । बेलायतमा हजारौँ नेपालीको बसोबास रहेकाले सिधा उडानले फाइदा पुग्ने उनले बताएका छन् ।

त्यसैगरी जलवायु परिवर्तनको मुद्दा पनि उनले बेलायती अधिकारीसँग उठाएका छन् । ‘जलवायु परिवर्तनका कारण नेपाल संकटमा छ, हिउँ पग्लेर हिमालहरू कुरुप बनिरहेका छन्’, उनले त्यसक्रममा भने, ‘जलवायु परिवर्तनका कारण नेपालले जुन क्षति व्यहोरिरहेको छ, त्यसका लागि नेपालले क्षतिपूर्ति पाउनुपर्छ। त्यसका लागि बेलायतको सहयोग नेपाललाई चाहिएको छ ।’

नेता कोइरालाका कुरा सुनिसकेपछि बेकरले आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता गरेकी छन् । यो भेटघाटमा बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडी पनि सहभागी थिए ।

शेखरले उठाएका तीन मुद्दा

१. भूपू गोर्खा सैनिकहरूको सेवा सुविधामा देखिएको समस्याको समाधान हुनुपर्ने ।
२. ब्रिटिस एअरवेजको लण्डन-काठमाडौं सिधा हवाई उडान हुनुपर्ने ।
३. जलवायु परिवर्तनका कारण नेपाल संकटमा छ । हिउँ पग्लेर हिमालहरू कुरुप बनिरहेका छन् । जलवायु परिवर्तनका कारण नेपालले जुन क्षति व्यहोरिरहेको छ, त्यसका लागि नेपालले क्षतिपूर्ति पाउनुपर्छ । त्यसमा बेलायतले नेपाललाई सहयोग गर्नुपर्छ ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  २ : ४६ बजे

गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको

कीर्तिमानी डा. उपाध्यायलाई नवौं मानार्थ विद्यावारिधी

काठमाडौं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ : नेता सिंह

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री प्रकाशमान सिंहले १५औँ

प्रिमियर लिग : चेल्सी र न्यूक्यासलको रोमाञ्चक बराबरी

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति सम्पन्न खेलमा

३० भन्दा बढी जेनजी समूहद्वारा संयुक्त जेनजी आन्दोलन घोषणा

काठमाडौं – जेनजी आन्दोलनलाई संस्थागत गर्दै सरकारविरुद्ध संयुक्त संघर्ष अघि