बोटे समुदायको विकासका निम्ति राज्यले सोच्नुपर्छ : प्रचण्ड « Khabarhub

बोटे समुदायको विकासका निम्ति राज्यले सोच्नुपर्छ : प्रचण्ड


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

मुग्लिन– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोटे समुदायको विकास लागि राज्यले सोच्नुपर्ने बताएका छन् ।

माडी नगरपालिका–१ बडुवामा रहेको सोमेश्वर माध्यमिक विद्यालयको स्वर्णजयन्ती समारोहमा सहभागी हुन आएका उनले सोही वडामा सञ्चालित ‘बोटे सामुदायिक होमस्टे’मा स्थानीयले स्वागत गरेपछि समुदायको संरक्षण एवं विकासलाई राज्यले बिर्सन हुँदैन भने । 

उनले भने, ‘तपाईहरु जो नदीको तीरमा बसेर डुङ्गगा चलाएर जीविकोपार्जन  गर्नेबाट अहिले होमस्टे चलाएर पर्यटकलाई आकर्षित गर्ने ठाउँमा पुग्नुभएको छ, पक्कै पनि यो तपाइको समुदायको प्रगति हो ।’

बोटे समुदायका अगुवाले आफ्नो समुदायको सांस्कृतिक घर आवश्यक भएकाले त्यो निर्माणमा सघाउन अध्यक्ष दाहालसँग अनुरोध गरेका थिए । 

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  २ : ५४ बजे

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको