घरभित्रै छिरेर सैफ अली खानलाई हानियो छुरा, गम्भीर अवस्थामा उपचार हुँदै | Khabarhub Khabarhub

घरभित्रै छिरेर सैफ अली खानलाई हानियो छुरा, गम्भीर अवस्थामा उपचार हुँदै


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

मुम्बई- बलिउडका चर्चित कलाकार सैफ अली खानलाई उनको घरमै पसेर चक्कु हानिएको छ । यो घटना मुम्बईको खारस्थित गुरु शरण अपार्टमेन्टको १२ औँ तलमा बिहीबार बिहान डेढ बजे भएको हो ।

यस आक्रमणमा कलाकार खानको कुम, हात र शिरसहित ६ स्थानमा चक्कुको गहिरो चोट लागेको छ । सैफलाई राति २ बजे लीलावती अस्पतालमा लगिएको थियो।

लीलावती अस्पतालका सीओओ डा. नीरज उत्तमानीका अनुसार आक्रमणका क्रममा सैफको मेरुदण्डको हड्डीमा चक्कुो एक टुक्रा अड्किएको छ । अपरेशनपछि उक्त चक्कु निकालिएको छ ।

सैफको बायाँ हातमा दुई गहिरो घाउ लागेको छ । गर्दनमा पनि उस्तै गहिरो चोट छ । यी दुवैको प्लास्टिक सर्जरी गरिएको छ । अहिले उनको अवस्था स्थिर रहेको चिकित्सकले बताएका छन् ।

मुम्बई पुलिसका डीसीपी गेदाम दीक्षितले बताएअनुसार आक्रमणमा संलग्नको पहिचान भएको छ । ती व्यक्ति भर्‍याङबाट चढेर १२ औँ तलामा पु्गेका थिए । आक्रमणपछि ती व्यक्ति भर्‍याङबाटै भागेका थिए । ती व्यक्तिलाई राति उक्त अपार्टमेन्टमा देखिएको थियो ।

पुलिसका अनुसार सैफको घरबाट तीनजनालाई सोधपुपछका लागि चौकी लगिएको छ । यीनमा घाइते भएकी घरकी कामदार पनि छन् । सुरुवाती जाँचमा घरभित्रकै एक व्यक्तिले आक्रमणकारीलाई छिर्न दिएको खुलेको छ । घरभित्र पस्न ती व्यक्तिले कुनै बल प्रयोग नगरेकाले ढोका खोलिदिएको आशंका गरिएको छ ।

समाचार अनुसार घटनाको समयमा सैफ-करिनाका छोरा तैमूर-जेहको कोठामा थिए । कोठामा कामदार अरियामा फिलिप अर्थात् लीमा पनि थिइन् । जसलाई अज्ञात व्यक्तिले समातेका थिए । उनी चिच्याएपछि सैफ बच्चाको कोठामा पुगेका थिए । सैफलाई देख्नेबित्तिकै अज्ञात व्यक्तिले आक्रमण गरेका थिए । यस क्रममा घाइते कामदारलाई पनि लीलावती अस्पताल लगिएको छ ।

बान्द्रा पुलिस स्टेशनले आक्रमणकारीलाई खोजीका लागि १० वटा टोली बनाएको छ । अर्कातिर क्राइम ब्रान्चले पनि अनुसन्धानका लागि आठवटा टोली बनाएको छ। क्राइम ब्रान्च जाँचका लागि सैफको घरमा पुगेको छ । इनकाउन्टर स्पेशलिस्ट दया नायक पनि टोलीमा छन् ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  ३ : ०२ बजे

अदालतको आदेशपछि परिचारिका काममा फर्किने

काठमाडौं – नेपाल वायुसेवा निगमले श्रम अदालतको आदेश बमोजिम विमान

गायिका चौहानलाई सामाजिक सञ्जालबाट दुर्व्यवहार गर्नेमाथि तीन दिन म्याद थप

काठमाडौं – गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज र दुव्र्यवहार

ट्रम्प र पुटिनबीच बिहीबार फोनवार्ता हुने

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड

युवाहरुलाई सीप सिकाउँदै गण्डकी प्रेदश सरकार

गण्डकी – युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउन गण्डकी प्रदेश सरकारले व्यावसायिक

सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री