घरभित्रै छिरेर सैफ अली खानलाई हानियो छुरा, गम्भीर अवस्थामा उपचार हुँदै « Khabarhub

घरभित्रै छिरेर सैफ अली खानलाई हानियो छुरा, गम्भीर अवस्थामा उपचार हुँदै


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

मुम्बई- बलिउडका चर्चित कलाकार सैफ अली खानलाई उनको घरमै पसेर चक्कु हानिएको छ । यो घटना मुम्बईको खारस्थित गुरु शरण अपार्टमेन्टको १२ औँ तलमा बिहीबार बिहान डेढ बजे भएको हो ।

यस आक्रमणमा कलाकार खानको कुम, हात र शिरसहित ६ स्थानमा चक्कुको गहिरो चोट लागेको छ । सैफलाई राति २ बजे लीलावती अस्पतालमा लगिएको थियो।

लीलावती अस्पतालका सीओओ डा. नीरज उत्तमानीका अनुसार आक्रमणका क्रममा सैफको मेरुदण्डको हड्डीमा चक्कुो एक टुक्रा अड्किएको छ । अपरेशनपछि उक्त चक्कु निकालिएको छ ।

सैफको बायाँ हातमा दुई गहिरो घाउ लागेको छ । गर्दनमा पनि उस्तै गहिरो चोट छ । यी दुवैको प्लास्टिक सर्जरी गरिएको छ । अहिले उनको अवस्था स्थिर रहेको चिकित्सकले बताएका छन् ।

मुम्बई पुलिसका डीसीपी गेदाम दीक्षितले बताएअनुसार आक्रमणमा संलग्नको पहिचान भएको छ । ती व्यक्ति भर्‍याङबाट चढेर १२ औँ तलामा पु्गेका थिए । आक्रमणपछि ती व्यक्ति भर्‍याङबाटै भागेका थिए । ती व्यक्तिलाई राति उक्त अपार्टमेन्टमा देखिएको थियो ।

पुलिसका अनुसार सैफको घरबाट तीनजनालाई सोधपुपछका लागि चौकी लगिएको छ । यीनमा घाइते भएकी घरकी कामदार पनि छन् । सुरुवाती जाँचमा घरभित्रकै एक व्यक्तिले आक्रमणकारीलाई छिर्न दिएको खुलेको छ । घरभित्र पस्न ती व्यक्तिले कुनै बल प्रयोग नगरेकाले ढोका खोलिदिएको आशंका गरिएको छ ।

समाचार अनुसार घटनाको समयमा सैफ-करिनाका छोरा तैमूर-जेहको कोठामा थिए । कोठामा कामदार अरियामा फिलिप अर्थात् लीमा पनि थिइन् । जसलाई अज्ञात व्यक्तिले समातेका थिए । उनी चिच्याएपछि सैफ बच्चाको कोठामा पुगेका थिए । सैफलाई देख्नेबित्तिकै अज्ञात व्यक्तिले आक्रमण गरेका थिए । यस क्रममा घाइते कामदारलाई पनि लीलावती अस्पताल लगिएको छ ।

बान्द्रा पुलिस स्टेशनले आक्रमणकारीलाई खोजीका लागि १० वटा टोली बनाएको छ । अर्कातिर क्राइम ब्रान्चले पनि अनुसन्धानका लागि आठवटा टोली बनाएको छ। क्राइम ब्रान्च जाँचका लागि सैफको घरमा पुगेको छ । इनकाउन्टर स्पेशलिस्ट दया नायक पनि टोलीमा छन् ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  ३ : ०२ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६