वनसँग जोडिएका मुद्दालाई त्रुटिरहित बनाउन कर्मचारीलाई तालिम « Khabarhub

वनसँग जोडिएका मुद्दालाई त्रुटिरहित बनाउन कर्मचारीलाई तालिम


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सिरहा– जिल्लास्थित डिभिजन वन कार्यालयले वनसँग जोडिएका मुद्दालाई त्रुटिरहित बनाउन कर्मचारीलाई तालिम दिन सुरु गरेको छ । लहानमा आयोजित तीन दिने ‘कानुनी कार्यविधि’ तालिमको आज जिल्ला अदालत सिराहाका न्यायाधीश माधवप्रसाद मैनालीले उद्घाटन गरेका हुन् ।

न्यायाधीश मैनालीले वनसँग जोडिएका मुद्दालाई त्रुटिरहित बनाउन तालिमले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे। 

‘कतिपय कानुन वन ऐनमा व्यवस्था नभएको हुन सक्छन् । त्यस बेला वन ऐनबाहेक सामान्य कानुन आकर्षित हुन्छन्’, उनले भने, ‘काम गर्ने क्रममा हुनसक्ने अप्ठ्यारा फुकाई सहज र सरल बाटो पहिचान गर्न यस तालिम फलदायी हुन्छ भन्ने विश्वास लिएको छु ।’

अदालतमा मुद्दा दायर गर्दा हुने कमीकमजोरीका सम्बन्धमा प्रस्ट पार्ने उद्देश्यले तालिम आयोजना गरिएको जिल्ला डिभिजन वन कार्यलयका प्रमुख शैलेन्द्रकुमार मिश्रले जानकारी दिए । उनले आमनागरिकबीच वन कार्यालयप्रति विश्वास कायम राखिराख्न र सम्भावित कानुनी त्रुटिलाई न्यूनीकरण गर्न तालिम उपयोगी हुने विश्वास व्यक्त गरे । 

सिरहामा एउटा डिभिजन वन कार्यालय र छ वटा सव–डिभिजन वन कार्यालय छन् । डिभिजन वन कार्यालयका सूचना अधिकारी राधेश्याम चौधरीका अनुसार कानुनी तालिमको प्रशिक्षण जिल्ला अदालत सिराहाका न्यायाधीश, रेक्टर तथा इलाका प्रहरी कार्यालय लहानका अधिकृतले दिनेछन् ।  

डिभिजन वन कार्यालयसहित सव–डिभिजन वन कार्यालय बन्दीपुर, सिरहा, मिर्चैया, चोहर्वा, धनगढी माई र लहानका गरी २७ जना कर्मचारी तालिममा सहभागी भएका छन् ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  ३ : २५ बजे

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको