पाँच सय ३१ जनाको निःशुल्क आँखाको शल्यक्रिया « Khabarhub

पाँच सय ३१ जनाको निःशुल्क आँखाको शल्यक्रिया


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

चन्द्रपुर– नेपाली सेनाको सहयोगमा रौतहटका विपन्न तथा गरिब परिवारका पाँच सय ३१ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ। गत पुस २८ गतेदेखि माघ २ गतेसम्म रौतहटको गरुडा–५ शिवनगरमा आयोजित निःशुल्क आँखा शिविरमा पाँच सय ३१ जनाको आँखाको शल्यक्रिया गरिएको हो ।

नेपाल आँखा कार्यक्रम तिलगङ्गा आँखा प्रतिष्ठानको सहकार्य र नेपाली सेना विरदल गण गौरको संयोजनमा आँखाको परीक्षण तथा शल्यक्रिया गरिएको विरदल गणका प्रमुख सेनानी किशोर अधिकारीले जानकारी दिए । 

शिविरमा तीन हजार पाँच सय १० को आँखा परीक्षण, सहुलियतमा चस्मा प्रदानलगायत सेवा उपलब्ध गराइएको उनले बताए। अधिकारीले शिविरमा चन्द्रपुर, गुजार, राजपुर, गरुडा र गढीमाइ नगरपालिकाका स्थानीयले सेवा लिएका उल्लेख गरे। 

यसैबीच नेपाली सेनाले चन्द्रपुर–७ मा रहेको जनता आधारभुत विद्यालयमा निमार्ण गरिएको शौचालय विद्यालयलाई हस्तान्तरण गरेको छ । नयाँबस्तीमा रहेको उक्त विद्यालयमा नेपाली सेनाको सहयोगमा निमार्ण भएको चार कोठे शौचालय हस्तान्तरण गरिएको प्रमुख सेनानी अधिकारीले जानकारी दिए । 

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  ३ : ३४ बजे

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको