कोप-२९ मा भएका कमजोरी सुधार्दै लैजानुपर्छ : वनमन्त्री « Khabarhub

कोप-२९ मा भएका कमजोरी सुधार्दै लैजानुपर्छ : वनमन्त्री


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विश्व जलवायु सम्मेलन(कोप २९) मा नेपालका तर्फ भएका कमजोरीलाई आगामी दिनमा सुधार गर्दै लैजाने बताएका छन् ।

सिंहदरबारमा बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा मन्त्री ठकुरीले छोटो समयको तयारीका कारण कोपमा केही कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा सुधार गर्दै अघि बढ्ने बताएका हुन् ।

सरकारले कोप जान कुनै बजेट विनियोजन नगरेको र सीमित स्रोत र साधनका कारण अधिकतम रूपमा सरोकारवाला निकायलाई सहभागी गराउन नसकिएको उनले बताए ।

मन्त्री ठकुरीले ब्राजिलमा हुने आगामी कोप सम्मेलनका लागि पनि अहिलेदेखि नै तयारी गर्नुपर्नेमा जोड दिए ।

उनले कोपमा जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका समस्याहरू विश्वमाझ उजागर गर्न सफल भएको धारणा राखे ।

विश्व जलवायु सम्मेलन (कोप २९) को समीक्षा र नेपालको आगामी कार्यदिशाका बारेमा समितिले वन मन्त्रालयसँग छलफल गरेको हो ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  ४ : २३ बजे

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको