कोप-२९ मा भएका कमजोरी सुधार्दै लैजानुपर्छ : वनमन्त्री « Khabarhub

कोप-२९ मा भएका कमजोरी सुधार्दै लैजानुपर्छ : वनमन्त्री


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विश्व जलवायु सम्मेलन(कोप २९) मा नेपालका तर्फ भएका कमजोरीलाई आगामी दिनमा सुधार गर्दै लैजाने बताएका छन् ।

सिंहदरबारमा बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा मन्त्री ठकुरीले छोटो समयको तयारीका कारण कोपमा केही कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा सुधार गर्दै अघि बढ्ने बताएका हुन् ।

सरकारले कोप जान कुनै बजेट विनियोजन नगरेको र सीमित स्रोत र साधनका कारण अधिकतम रूपमा सरोकारवाला निकायलाई सहभागी गराउन नसकिएको उनले बताए ।

मन्त्री ठकुरीले ब्राजिलमा हुने आगामी कोप सम्मेलनका लागि पनि अहिलेदेखि नै तयारी गर्नुपर्नेमा जोड दिए ।

उनले कोपमा जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका समस्याहरू विश्वमाझ उजागर गर्न सफल भएको धारणा राखे ।

विश्व जलवायु सम्मेलन (कोप २९) को समीक्षा र नेपालको आगामी कार्यदिशाका बारेमा समितिले वन मन्त्रालयसँग छलफल गरेको हो ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  ४ : २३ बजे

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै