नेपाल कबड्डी लिग शुक्रबारबाट काठमाडौंमा « Khabarhub

नेपाल कबड्डी लिग शुक्रबारबाट काठमाडौंमा


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कबड्डी लिग (एनकेएल) शुक्रबारबाट काठमाडौंमा सुरु हुँदै छ । 

फ्रेन्चाइज टिमको अवधारणामा आयोजित प्रतियोगिता राउन्ड रोविन लिग र नकआउट चरण गरी माघ १८ गतेसम्म चल्ने आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले जनाएको छ । प्रतियोगितामा ६ टिमको सहभागिता रहने छ । जसमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स (बुटवल) र धनगढी वाइल्डक्याट्स रहेका छन् ।

सबै लिगका प्रशिक्षक तथा मार्की खेलाडीहरूले पहिलो संस्करणको तयारी राम्रो भएको र निकै उत्साहित रहेको बताएका छन् । प्रतियोगिता अघि बिहीबार दशरथ रंगशालामा आयोजित प्रि–म्याच कन्फ्रेन्समा उनीहरूले पहिलो संस्करणको उपाधि जित्ने दाबी गरेका छन् ।

राउन्ड रोबिन लिगको शीर्ष चारमा रहने टिम नकआउट चरणमा प्रवेश गर्नेछन् भने इलिमिनेटर र क्वालिफायरपछि फाइनल खेल्ने दुई टिमको टुंगो लाग्नेछ ।

उद्घाटन खेलमा शुक्रबार काठमाडौं माभरिक्स र पोखरा लेकर्सबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । 

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  ५ : ५५ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भद्रपुर– यहाँको बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन

सामुदायिक रेडियो नै समुदायको आवाज हो : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सामुदायिक रेडियोहरू समुदाय केन्द्रित