काठमाडौं र कास्कीबाट छुटेका रविविरुद्ध रुपन्देहीमा मुद्दा दर्ता गरिँदै « Khabarhub

काठमाडौं र कास्कीबाट छुटेका रविविरुद्ध रुपन्देहीमा मुद्दा दर्ता गरिँदै


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


573
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जिल्ला अदालत काठमाडौंबाट मंगलबार ६० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध रुपन्देहीमा अर्को मुद्दा दर्ता तयारी भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले पूर्वगृहमन्त्री लामिछाने र उनका साझेदार एवम् गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीसहितविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गर्न लागेको हो ।

बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा लामिछानेसहितका प्रतिवादीहरूविरुद्ध शुक्रबार पुरक अभियोग दर्ता गर्ने तयारीमा सरकारी वकिल कार्यालय रहेको छ ।

बिहीबार मात्रै १७ जनाविरुद्ध थप अभियोग पत्र दायर गरिएको छ । गोर्खा मिडिया नेट्वर्कमा रविका साझेदार तथा सुप्रिम सहकारीका सञ्चालक गितेन्द्रबाबु राई (जीबी)सहित २८ जनाविरुद्ध पहिले नै अभियोग दर्ता भइसकेको छ। बिहीबार थप अभियोगमा प्रतिवादी जीबीसहित १७ जनाविरुद्ध संगठित अपराधको कसुर समावेश गरिएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

यसअघि नै मुद्दा दर्ता भइसकेकाहरूको कसुरमा बिहीबार थप कसुर र बिगोसहित अभियोग लगिएको छ । पुरक अभियोग शुक्रबार दर्ता गरिने जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले जनाएको छ ।

लामिछाने र जोशीविरुद्ध सहकारी ठगी र संगठित अपराधमा पनि मुद्दा दायर गर्ने तयारी सरकारी वकिलको कार्यालयले गरेको छ ।

सुप्रिम सहकारीबाट एक हजार ८२८ जना बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ ठगी गरेको आरोप छ। बचतकर्ताको रकम यी २८ प्रतिवादीको संलग्नतामा विभिन्न व्यक्तिको नाममा अपचलन गरेको पुरानै अभियोग छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले रविको नाममा सुप्रिम सहकारीबाट २ करोड रुपैयाँ निकासा गरिएको भेटिएको जनाएको छ।

सुप्रिम बचत तथा ऋण सहकारी संस्थाले रकम पठाएका कम्पनीका सञ्चालक समितिको नाम र विवरण पनि अभियोग पत्रमा छ । जस रविको नाम उल्लेख छ।

गोर्खा मिडिया नेटवर्क प्रालिको सञ्चालकमध्ये रविको पनि हिनामिनामा संलग्ता रहेको संसदीय छानबिन समितिले पुष्टि गरेको थियो । रकम अपचलन गर्ने कम्पनीमा रविको एक लाख ८० हजार कित्ता सेयर देखिएको थियो।

यस सेयरको मूल्य एक करोड ८० लाख रुपैयाँ छ। २०७८ पुस ७ गते गोर्खा मिडिया नेट्वर्क प्रालिको शेयर रविको नाममा कायम गरेको भेटिएको थियो ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  ६ : ५८ बजे

गगनले बाँडिसके हिमाली र उच्च पहाडी जिल्लाका २० क्षेत्रका लागि कांग्रेसको टिकट

काठमाडौं- नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन

तोसिमा कार्कीले पाइन् टिकट, पुरानै क्षेत्र ललितपुर ३ बाट उठ्ने

ललितपुर- राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ डा. तोसिमा कार्कीले ललितपुर क्षेत्र

सरकारले खारेज गर्‍यो विवादित प्रधानमन्त्री रोजगार कार्यक्रम

काठमाडौं– सरकारले अनुत्पादक र विवादित रहँदै आएको प्रधानमन्त्री रोजगार कार्यक्रम

एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर

काठमाडौं– एनसेल र भाटभटेनीले संयुक्त रूपमा विशेष अफर सार्वजनिक गरेका छन्

‘भयमुक्त वातावरणमा निर्वाचन हुन्छ’ 

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन स्वच्छ, स्वतन्त्र,