भूकम्प प्रतिरोधी संरचना निर्माणमा जोड दिनुपर्छ : मन्त्री यादव « Khabarhub

भूकम्प प्रतिरोधी संरचना निर्माणमा जोड दिनुपर्छ : मन्त्री यादव


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – खानेपानीमन्त्री प्रदीप यादवले भूकम्प प्रतिरोधी संरचना निर्माणमा जोड दिएका छन् । राष्ट्रिय भूकम्प सुरक्षा दिवसका सन्दर्भमा आज यहाँ डिप्लोमा इञ्जिनियर्स एशोसिएसन नेपाल (डिन)ले आयोजना गरेको ‘भूकम्प र विपद् जोखिम व्यवस्थापन’ विषयक कार्यक्रममा उनले भूकम्पीय जोखिमका दृष्टिले नेपाल विश्वको ११औँ स्थानमा रहेकाले सबै संरचना भूकम्प प्रतिरोधी बनाउनै पर्छ भने ।

‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ नाराका साथ भूकम्प दिवस मनाइएको उल्लेख गदै उनले भूकम्पजस्ता प्राकृतिक प्रकोपबारे सचेत गराउँदै पूर्वतयारीलाई गम्भीरताका साथ लिनुपर्ने बताए ।

उनले भूकम्प, बाढीपहिरोजस्ता प्राकृतिक विपद्ले खोपानीलगायतका पूर्वाधार, जनस्वास्थ्य र अर्थतन्त्रमा ठूलो असर गर्ने उल्लेख गर्दै विपद्पछिको पुनःनिर्माणमा इञ्जिनियरहरुको भूमिका महत्वपूर्ण र अपरिहार्य हुने बताए ।

सरकारले पनि विपद् व्यवस्थापनका इञ्जिनियरसँग सहकार्य गर्न तयार रहेको पनि उनको भनाइ थियो । “इञ्जिनियरहरुको कामलाई सहज बनाउन प्राविधिक, आर्थिक र नीतिगत रुपमा सहयोग गर्न तथा पूर्वाधार निर्माणका लागि प्राविधिक सहयोगको व्यवस्था गर्न सरकारले ठोस कदम चाल्नेछ”, उनले भने ।

मन्त्री यादवले भवन निर्माण संहिता पालन, पुराना र जोखिमयुक्त संरचनाको सुदृढीकरणमा आवश्यक रहेको बताए । उनले भने, “समुदाय, विद्यालय र कार्यालयमा भूकम्पीय जोखिम र पूर्वतयारीका विषयमा जनचेतना कार्यक्रम सञ्चालन गरी नियमित रुपमा अभ्यास गराई जोखिम प्रतिकार्य क्षमतामा वृद्धि गरिनुपर्छ ।”

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु मर्हजनले नेपाल भूकम्पको उच्च जोखिममा रहेकाले यहाँ यसप्रकारका कार्यक्रम नियमित रुपमा सञ्चालन गरी जनचेतना फैलाउन आवश्यक रहेको बताए ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  ८ : ५४ बजे

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै