दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित « Khabarhub

दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कर्णाली प्रदेशमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट पारित पारित भएको छ ।

सिहंदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा आज राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष एवं युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बसेको ११९औँ बोर्ड बैठकले उक्त निर्णय पारित गरेको हो ।

कर्णाली प्रदेशमा आयोजना हुने उक्त प्रतियोगिता आगामी चैतमा हुने तय भएको छ । बैठकले नेपाल ओलम्पिक कमिटीको चुनाव र साधारणसभा अवैध भएको ठहर गर्दै आवश्यक प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायमा पठाउने निर्णयसमेत गरेको छ ।

साथै ओलम्पिक कमिटीको चुनाव तथा साधारणसभामा सहभागी राष्ट्रिय खेल सङ्घले राखेपसमक्ष पेस गरेको स्पष्टीकरण उचित कारण र आधारविना पेस गरेका सङ्घका लागि थप आवश्यक प्रक्रिया अगाडि बढाउने गरी निर्णय भएको राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङले जानकारी दिए ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  ९ : ११ बजे

‘प्रधानमन्त्रीको भारत भ्रमणमा दोहोरो करबारे छलफल हुनुपर्छ’

नेपाल र भारतको विषयमा विमर्श गर्दा भारत नेपालको सबैभन्दा ठूलो

यात्रुलाई अस्वस्थ खाना खुवाए राजमार्गका होटल र चालकमाथि कारवाही हुने

काठमाडौं– सार्वजनिक यात्रुवाहक सवारी साधनमा यात्रा गर्ने यात्रीहरूलाई बाटोमा अस्वस्थ,

पत्रकार थामीको परिवारलाई आर्थिक सहयोग

काठमाडौँ– भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको परिवारलाई

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी

सचिन तिमल्सेना कांग्रेस केन्द्रीय सदस्य निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय सदस्यमा सचिन तिमल्सेना निर्वाचित भएका