बन्द भएको ९ महिनापछि निदान अस्पताल पुनः सञ्चालनमा « Khabarhub

बन्द भएको ९ महिनापछि निदान अस्पताल पुनः सञ्चालनमा


३ माघ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


837
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ललितपुरको पुल्चोकस्थित निदान अस्पताल बन्द भएको ९ महिनापछि पुनः सञ्चालनमा आएको छ।

अस्पतालले आज (बिहीबार) एक कार्यक्रम राखी विगत ९ महिनादेखी बन्द रहेको अस्पताल २०८१ माघ १ गतेदेखि पुनः सञ्चालनमा आएको जानकारी दिएको हो।

‘२०६८ देखि बिरामीलाई सस्तो छिटो र गुणस्तरीय सेवा प्रदान गर्दै आएको यस अस्पताल केही महिना आन्तरिक कारणले बन्द हुन पुग्दा त्यसले बिरामीहरुलाई पुगेको असुविधाका लागि क्षमा माग्दै पुन सञ्चालनमा आएको जानकारी गराउँछु’, अस्पतालका मेडिकल डाइरेक्टर प्राडा ऋषिकेश नारायण श्रेष्ठले भने।

आगामी दिनमा अस्पतालले विगतका अनुभवका आधारमा उच्च गुणस्तरीय, सुलभ, स्वास्थ्य सेवा प्रदान गर्ने प्राडा श्रेष्ठको दाबी छ। अस्पतालले विगतमा जस्तै अनुभवी विशेषज्ञ चिकित्सकहरुबाट पेट तथा कलेजो रोग, मुटु रोग, मिर्गौला रोग, हाडजोर्नी, क्यान्सर रोग, प्रसुति तथा स्त्री रोग, पिसाब रोग, श्वासप्रश्वास रोग, नशा रोग, मनोचिकित्सक, छाला तथा सौन्दर्य सेवाहरु दिनेछ।

यसैगरी २४ सै घन्टा आकस्मिक सेवा, आइसीयू, शल्यक्रिया,ओपिडी सेवा, रेडियोलोजी सेवा प्रदान गर्ने जानकारी प्राडा श्रेष्ठले दिए। त्यस्तै अस्पतालले फागुन महिनासम्म सम्पूर्ण सेवामा ३० प्रतिशत छुट तथा अन्य समयमा ज्येष्ठ नागरिक र टोलबासीका लागि १५ प्रतिशत छुटको व्यवस्था गरेको छ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहिबार  ९ : ४१ बजे

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले

आज २०८३ साल कात्तिक ७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ७ गते शनिबार सन् २०२६

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी