बन्द भएको ९ महिनापछि निदान अस्पताल पुनः सञ्चालनमा « Khabarhub

बन्द भएको ९ महिनापछि निदान अस्पताल पुनः सञ्चालनमा


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


837
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ललितपुरको पुल्चोकस्थित निदान अस्पताल बन्द भएको ९ महिनापछि पुनः सञ्चालनमा आएको छ।

अस्पतालले आज (बिहीबार) एक कार्यक्रम राखी विगत ९ महिनादेखी बन्द रहेको अस्पताल २०८१ माघ १ गतेदेखि पुनः सञ्चालनमा आएको जानकारी दिएको हो।

‘२०६८ देखि बिरामीलाई सस्तो छिटो र गुणस्तरीय सेवा प्रदान गर्दै आएको यस अस्पताल केही महिना आन्तरिक कारणले बन्द हुन पुग्दा त्यसले बिरामीहरुलाई पुगेको असुविधाका लागि क्षमा माग्दै पुन सञ्चालनमा आएको जानकारी गराउँछु’, अस्पतालका मेडिकल डाइरेक्टर प्राडा ऋषिकेश नारायण श्रेष्ठले भने।

आगामी दिनमा अस्पतालले विगतका अनुभवका आधारमा उच्च गुणस्तरीय, सुलभ, स्वास्थ्य सेवा प्रदान गर्ने प्राडा श्रेष्ठको दाबी छ। अस्पतालले विगतमा जस्तै अनुभवी विशेषज्ञ चिकित्सकहरुबाट पेट तथा कलेजो रोग, मुटु रोग, मिर्गौला रोग, हाडजोर्नी, क्यान्सर रोग, प्रसुति तथा स्त्री रोग, पिसाब रोग, श्वासप्रश्वास रोग, नशा रोग, मनोचिकित्सक, छाला तथा सौन्दर्य सेवाहरु दिनेछ।

यसैगरी २४ सै घन्टा आकस्मिक सेवा, आइसीयू, शल्यक्रिया,ओपिडी सेवा, रेडियोलोजी सेवा प्रदान गर्ने जानकारी प्राडा श्रेष्ठले दिए। त्यस्तै अस्पतालले फागुन महिनासम्म सम्पूर्ण सेवामा ३० प्रतिशत छुट तथा अन्य समयमा ज्येष्ठ नागरिक र टोलबासीका लागि १५ प्रतिशत छुटको व्यवस्था गरेको छ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  ९ : ४१ बजे

३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

बारा – सिमराकी तीन वर्षीया बालिकाको अपहरण, जबरजस्ती करणी तथा हत्या

४८ जिल्लामा राप्रपाको अधिवेशन सम्पन्न, कहाँ को बने जिल्ला अध्यक्ष ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशका ४८ जिल्लामा जिल्ला अधिवेशन

जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच जलविद्युत्

बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

जनकपुरधाम– धनुषाको बटेश्वर गाउँपालिकाले  भोटेकोशी बाढीपीडितलाई  २० लाख ३० हजार ५५४

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर- जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६०