दक्षिण सुडानमा भएको झडपमा कम्तीमा १६ जनाको मृत्यु « Khabarhub

दक्षिण सुडानमा भएको झडपमा कम्तीमा १६ जनाको मृत्यु


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

जुबा – दक्षिण सुडान पिपुल्स डिफेन्स फोर्स ९एसएसपिडीएफ० र सुडान पिपुल्स लिबरेसन आर्मी–इन–अपोजिसन (एसपिएलए– आईओ) बीच भएको झडपमा एक सैनिक सहित कम्तीमा १६ जनाको मृत्यु भएको छ ।

नागेरो काउन्टीका कमिश्नर हेनरी बाङ्गडा असायाले हिंसाले ७९ हजार भन्दा बढी मानिसलाई विस्थापित गरेको बताए । यसमध्ये धेरै अहिले झाडीमा लुकेका छन् ।

“बुधवार साँझ पनि लडाइँ जारी थियो । लडाइँ सुरु भएको ठाउँमा सेनाका भारी हतियारहरू गएको मैले देखेको छु । उहाँले लडाई पश्चिमी बहर अल गजल राज्यको बाजियामा फैलिएको उल्लेख गनुभयो ।”

एसएसपीडीएफका प्रवक्ता लुल रुई कोआङले कुब्री–बु ब्रिजमा रहेको अवैध चेकपोस्ट भत्काउन एसपिएलए–आईओ सेनाले अस्वीकार गरेपछि झडप सुरु भएको बताए।

कउङका अनुसार, एसपिएलए–आईओ बलहरू मङ्गलबार साँझ एसएसपीडीएफ–नियन्त्रित क्षेत्रमा प्रवेश गरे र आक्रमण सुरु गरे, जसको परिणामस्वरूप एक सैनिकको मृत्यु भयो र तीन जना घाइते भए ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  ११ : ०२ बजे

इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का लागि हुनुपर्छ : नेतन्याहु

जेरूसेलम – इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का

फेवातालमा राष्ट्रिय महिला तथा पुरुष डुङ्गा दौड हुँदै

कास्की – देशको पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय आकर्षण फेवातालमा

तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा रुख ढल्दा ट्रिपिङको समस्या, समाधानको प्रयासमा प्राधिकरण

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा

काभा भलिबल : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालले माल्दिभ्सलाई पराजित गर्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन

पत्रिकालाई फसाउन घुस र मदिरा ? चिनियाँ दूतावासले भन्यो : नियोजित रूपमा बदनाम गराउने प्रयास

काठमाडौं– नेपालस्थित चिनियाँ दूतावासले सञ्चारमाध्यमका केही पत्रकारहरूलाई घुस दिएर एक