पहिलो विदेश भ्रमणका क्रममा बोइङका नयाँ सीईओ भारत पुगे « Khabarhub

पहिलो विदेश भ्रमणका क्रममा बोइङका नयाँ सीईओ भारत पुगे


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी हवाई तथा रक्षा उपकरण निर्माता कम्पनी बोइङका अध्यक्ष तथा प्रमुख कार्यकारी (सीईओ) आफ्नो पहिलो विदेश भ्रमणका क्रममा भारत पुगेका छन् । बोइङ कम्पनीका नयाँ सीइओ केली ओर्टबर्ग आफ्नो पहिलो विदेश भ्रमणका क्रममा भारत पुगेका हुन् ।

भारत भ्रमणका क्रममा ओर्टबर्गले भारतीय अर्थमन्त्री निर्मला सीतारमणसहित अन्य सरकारी अधिकारी तथा उद्योगपतिहरुसँग भेटवार्ता गरेको भारतीय अखबार द हिन्दुले जनाएको छ । भारतमा रहँदा उनले हैदरवाद र बैङ्गलुरुमा रहेका बोइङका कारखाना तथा कार्यालयको पनि भ्रमण गरेको जनाइएको छ ।

टाटासँग मिलेर बोइङले भारतमा हवाई तथा अन्य उपकरणको उत्पादन गर्दै आएको छ । तीनदिने भ्रमणका लागि भारत आएका उनको भ्रमणलाई गोप्य राखिएको द हिन्दुले जनाएको छ । ओर्टबर्गले गत अक्टोबर महिनामा कम्पनीको सीईओको जिम्मेवारी सम्हालेका थिए

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  ७ : २४ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने