पुसको तुलनामा माघमा घट्यो घरजग्गा कारोबारको राजस्व « Khabarhub

पुसको तुलनामा माघमा घट्यो घरजग्गा कारोबारको राजस्व

देशभर घरजग्गाको कारोबार सुधारोन्मुख


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – देशभर घरजग्गाको कारोबार सुधारोन्मुख देखिएको भए पनि गत पुसको तुलनामा माघमा भने राजस्व सङ्कलनमा गिरावट आएको छ।

घरजग्गा कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार गत माघमा तीन अर्ब ८७ करोड २४ लाख ८१ हजार छ सय ४७ बराबर राजस्व सङ्कलन भएको छ। गत पुसमा चार अर्ब २५ करोड २२ लाख २१ हजार सात सय ७९ राजस्व सङ्कलन भएको थियो। विभागका अनुसार गत मङ्सिरमा तीन अर्ब ८७ करोड ४८ लाख २६ हजार नौ सय ७६ राजस्व प्राप्त भएको थियो।

चालु आर्थिक वर्षको सात महिनाको विवरणअनुसार राजस्व सङ्कलनमा सामान्य वृद्धि भएको छ। गत आवको सोही अवधिको तुलना चालु आवको सात महिनामा राजस्व सङ्कलनमा झण्डै १४ प्रतिशतले वृद्धि भएको छ।

चालु आवको माघ मसान्तसम्म कुल २४ अर्ब ७१ करोड बराबर राजस्व सङ्कलन भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ।

गत आवको सोही अवधिमा २१ अर्ब ६५ करोड बराबर राजस्व सङ्कलन भएको थियो। गत माघमा कुल ४६ हजार ५० हजार ६९ लिखत पारित भएको थियो भने गत पुसमा त्यो सङ्ख्या ४८ हजार एक सय ५६ थियो।

काठमाडौँ उपत्यकाभित्रका विभिन्न नौवटा मालपोत कार्यालयमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले राजस्व सङ्कलन गरेको छ। सो कार्यालयले ३३ करोड ७४ लाख राजस्व सङ्कलन गरेको विवरणमा देखिन्छ।

यस्तै, डिल्लीबजार मालपोत कार्यालयले २६ करोड ९२ लाख, कलङ्की मालपोतबाट २६ करोड एक लाख, मालपोत कार्यालय चाबहिलले २० करोड ८० लाख तथा भक्तपुर मालपोत कार्यालयले २४ करोड ४२ लाख बराबरको राजस्व सङ्कलन गरेको विभागले जनाएको छ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ५ : ५९ बजे

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक