ओसासुनले तोड्यो एम्बाप्पेको अग्रताः १० खेलाडीमा सीमित रियल बराबरीमा रोकियो « Khabarhub

ओसासुनले तोड्यो एम्बाप्पेको अग्रताः १० खेलाडीमा सीमित रियल बराबरीमा रोकियो


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगाको शनिबार राति भएको खेलमा १० खेलाडीमा सीमित रियल म्याड्रिड ओसासुनासँग १/१ गोलको बराबरीमा रोकिएको छ।

सो खेलमा इंग्ल्यान्डका स्टार जुड बेलिङघमले रातो कार्ड पाएका थिए। खेलको १७ औँ मिनेटमा फ्रेडिको भेल्भार्डोको क्रसलाई उपयोग गर्दै केलिएन एम्बाप्पेले रियललाई अग्रता दिलाएको खेलको ३९ औँ मिनेटमा बेलिङघमले रातो कार्ड पाए।

पहिलो हाफमै १० खेलाडीमा सीमित भएको रियलविरुद्ध पाएको पेनाल्टीको उपयोग गर्दै ओसासुनले ५८ औँ मिनेटमा बराबरी गोल गरेको हो। उसका लागि एन्टे बुडिमिरले प्राप्त पेनाल्टीलाई उपयोग गरेका थिए।

यो बराबरी खेलपछि स्पेनिस लिगमा रियलको उपाधि यात्रा कठिन बनेको छ।

शनिबार भएका अन्य खेलमा डेपोर्टिभो अल्भास र लेगानेसको बिचमा ३/३, एट्लेटिको म्याड्रिड र सेल्टा भिगोको बिचमा १/१ तथा भिल्लारियल र भ्यालेन्सिया बिच १/१ गोलको बराबरी भएको छ।

स्पेनिस ला लिगाको तालिकामा रियल म्याड्रिडको ५१, एट्लेटिकोको ५० तथा एक खेल कम खेलेको बार्सिलोनाको ४८ अङ्क छ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ६ : ३१ बजे

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६

आज २०८३ साल भदौ २७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई