एनपिएल तेस्रो संस्करण : लयमा देखिएका चार नेपाली क्रिकेटर « Khabarhub

एनपिएल तेस्रो संस्करण : लयमा देखिएका चार नेपाली क्रिकेटर


२९ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट दोस्रो चरणमा प्रवेश गर्ने क्रममा छ । प्रतियोगितामा प्लेअफ पुग्ने चार टोलीको टुङ्गो लागिसकेको छ । यसपालि लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र चितवन राइनोजले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।

प्रतियोगिताको लिग चरणका खेलहरू जारी रहँदा यसपटक केही नेपाली युवा खेलाडीले आफ्नो प्रदर्शनबाट विशेष चर्चा बटुलेका छन् । एनपिएलको प्रत्येक संस्करणले नयाँ प्रतिभालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्रिकेटमा आफ्नो क्षमता देखाउने अवसर प्रदान गर्दै आएको छ । यसपटक पनि केही युवा खेलाडीले प्राप्त अवसरलाई सदुपयोग गर्दै आफ्नो उपस्थितिलाई बलियो बनाउनुभएको छ । बलिङतर्फ राहुल यादव र रिजन ढकाल तथा ब्याटिङतर्फ लोकेश बम, रशिद खानलगायतले प्रभावशाली प्रदर्शन गरेका हुन्।

ट्यालेन्ट हन्टबाट ‘गोल्डेन क्याप’को दौडमा राहुल

यस संस्करणमा सर्वाधिक चर्चा कमाउन सफल खेलाडीमध्ये एक हुन् युवा तीव्रगतिका बलर राहुल यादव । जनकपुर बोल्ट्समा आबद्ध राहुल ‘ट्यालेन्ट हन्ट’मार्फत छनोट भएर टोलीमा जोडिनुभएको हो । पहिलो सहभागितामै उहाँले आफ्नो बलिङ क्षमताबाट समर्थक तथा क्रिकेटप्रेमीको ध्यान खिच्न सफल भएका छन् ।

राहुलले सात खेलमा १२ विकेट लिएका छन् । यससँगै उनी प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्षस्थानमा छन् । काठमाडौँ गोर्खाजविरुद्धको खेलमा राहुलले चार ओभरमा ३१ रन खर्चिएर चार विकेट लिए । त्यसपछि लगातार दुई खेलमा विकेटविहीन भएका उनले पाँचौँ खेलमा दुई विकेट लिँदै पुनरागमन गरे । त्यसपछिका दुई खेलमा क्रमशः एक र तीन विकेट लिए ।

रिजनको निरन्तर विकेट

यस संस्करणमा बलिङतर्फ रिजन ढकाल उत्कृष्ट लयमा देखिए । चितवन राइनोजबाट खेलेका ढकालले हासम्म पाँच खेलमा ११ विकेट लिएका छन् । उनले प्रतियोगिताका प्रत्येक खेलमा विकेट लिए ।

रिजनको प्रभावशाली बलिङ चितवनका लागि महत्त्वपूर्ण बनेको छ । चितवनले हालसम्म खेलेका छ खेलमध्ये तीन खेलमा जित हासिल गरेको छ । अन्तरराष्ट्रिय क्रिकेटको अनुभवसमेत बटुलिसकेका ढकालले नेपालका लागि आठ टी–२० अन्तरराष्ट्रिय र चार एकदिवसीय अन्तरराष्ट्रिय खेल खेलेका छन्।

ब्याटिङमा लोकेश बम अब्बल

ब्याटिङतर्फ लोकेश बमले यस संस्करणको एनपिएलमा राम्रो प्रभाव छोडेका छन् । विराटनगर किङ्सबाट खेलिरहेका उनले सात खेलमा २४२ रन बनाएका छन्। उनी लिगमा सर्वाधिक रन बनाउने ब्याटर हुन् ।

लोकेशले प्रतियोगितामा दुई अर्धशतकीय पारी खेले । नेपालका लागि २९ टी–२० अन्तरराष्ट्रिय खेल खेलिसकेका लोकेशले अहिलेसम्म एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा भने डेब्यु गर्ने अवसर पाएका छैनन्।

राशिद खान पनि पुनरामगनको खोजीमा

राशिद खानले पनि एनपिएलको तेस्रो संस्करणमा ब्याटिङबाट चर्चा बटुलेका छन् । काठमाडौँ गोर्खाजबाट खेलिरहेका उनले छ खेलमा दुई अर्धशतकसहित १५५ रन बनाएका छन्। राशिदले नेपालका लागि हालसम्म दुई टी–२० अन्तरराष्ट्रिय खेल खेलिसकेका छन्।

प्रकाशित मिति : २९ कार्तिक २०८३, आइतबार  ६ : ५५ बजे

आजको मौसम पूर्वानुमान : पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा

एनपिएल तेस्रो संस्करण : लयमा देखिएका चार नेपाली क्रिकेटर

काठमाडौँ – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट दोस्रो

महिला गोल्डकपः अक्वा एफसीलाई हराउँदै एपिएफ सेमिफाइनलमा

सुनसरी – भारतको अक्वा एफसी झारखण्डलाई ७–० गोलअन्तरले पराजित गर्दै

छठको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अघ्र्य दिइँदै, के छ व्रतविधि ?

काठमाडौँ – छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई

आज २०८३ साल कात्तिक २९ गते आइतबार राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक २९ गते आइतबार सन् २०२६